शनिवार, भाद्र ४ २०७९
साउन, ४ काठमाडौ । नेपाल काष्ठमण्डप स्कुल/ कलेजले कक्षा ११ का विद्यार्थिहरु केन्द्रित स्वागत तथा अभिमुखिकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौ कलंकी स्थित उक्त कलेजले भब्य कार्यक्रम सहित एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो।
कलेजका डाइरेक्टर/ शिक्षक गुरु भट्टराईले संचालन गरेको अभिमुखिकरण कार्यक्रममा CEO श्री ऋषिराम कडेलको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथी मध्यपश्चिम बिश्वबिद्धालयका पुर्व उपकुलपति तथा प्राध्यापक डा. उपेन्द्र कोइराला रहनुभयो।
कार्यक्रममा प्राध्यापक डा. उपेन्द्र कोइरालाले शिक्षा भनेको नामको पछाडी डिग्री होइन आफू चरित्रवान बन्ने र आफ्नो देशको नाम संसारभरी चिनाउनु रहेको धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरुलाई इङ्कित गर्दै तपाइहरुलाई यहाँसम्म पुर्याउनमा अभिभावकको मुख्य देन रहेको बताउदै आमाबुवाको सपना पूरा गर्न ज्ञान्, सीप र दक्षता हासिल गर्नुपर्ने बताउनुभयो। उहाँले आफ्नो आमाबुबा, मातृभाषा र मातृभूमिलाइ कहिले बिर्सिन नहुने धारणा राख्नु भयो।
एक अर्को सन्दर्भमा डा. कोइरालाले जिवनमा सफलता हाँसिल गर्नुछ भने पढ्ने मात्रै होइन सिक्ने र सिकेको कुरा जिवनमा लागू गर्नुपर्ने बताउनु भयो। उहाँले कुनै पनि देश ध्वस्त पार्न कुनै आणविक हतियार वा लामो दुरिको क्षेप्याष्त्र नभएर त्यो देशको शिक्षा प्रणाली ध्वस्त बनायोभने मुलुक ध्यस्त हुने बताउनु भयो। कार्यक्रममा डा. कोइरालाले हाम्रो सँस्कृतिको जगेर्ना गर्न आजका विद्यार्थीहरुको काँधमा रहेको भन्दै कठिन मिहेनत गरेर अध्यायन गर्न अनुरोध गर्नुभयो।
त्यसैगरी अभिमुखिकरण कार्यक्रममा त्रिभुवन बिश्वबिद्धालयका सहप्राध्यापक राजेन्द्र चापागाईंले आफ्नो परिवार, समाज, र राष्ट्रकोलागि केही गर्न यो उमेर नै सबैभन्दा महत्त्वपूर्ण रहेको बताउनुभयो। विद्यार्थीहरुले परिक्षाको बेलामात्रै नभै, जीवनको हरेक दिन परीक्षा हो र हरेक दिन पढ्नुपर्ने बताउनु भयो। उहाँले विद्यार्थीहरुलाइ लेख्न, बोल्न र प्रबिधिलाइ अपनाउन सुझाव दिनुभयो। मानिसले पढेको कुरा जीवनमा लागू हुदैन भने त्यो ज्ञान नभै जिवनको लागि बीस हुने भन्दै हरेक दिन नयाँ कुरा पढ्ने र सिक्ने बानिको विकास गर्नुपर्ने बताउनुभयो। एक अर्को प्रसंगमा उहाले युवा हुनु भनेको क्यालेन्डर हेरेर बर्ष गन्ती नभै तपाईं कति सक्रिय हुनुहुन्छ भन्ने कुरामा आधारित हुने कुरा बताउनुभयो।
त्यसैगरी कार्यक्रममा काष्ठमण्डप कलेजका प्रीन्सिपल पेसल लुइँटेलले १८ बर्षे शैक्षिक यात्रामा धेरै कुरा हासिल गरेको भन्दै सँस्थामा बिसौ बर्ष काम गरेका शिक्षक कर्मचारीहरुको कारणले कलेज शिक्षण सिकाइकालागी उत्कृष्ट रहेको बताउनुभयो। उहाँले आफ्नो बिशिस्टता पत्ता लगाउन कक्षा ११ र १२ मा अथक मिहेनत गर्नुपर्ने बताउदै दुई बर्ष कलेजले जिम्मा लिएर विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्न तल्लिन रहने बताउनु भयो।
अत्यमा कार्यक्रमका सभापति तथा कलेजका CEO ऋषिराज कडेलले कक्षा ११ मा पढ्न आउने विद्यार्थीहरुलाई मन, बचनले शिक्षण सिकाइ क्रियाकलापमा भाग लिए आफ्नो लक्ष र उदेश्यमा पुग्न सकिने बताउनुभयो। CEO कडेलले दुइ बर्ष अथक मिहेनत गरे जिवनमा सफलता हासिल गर्न सकिने भन्दै आफ्नो बुबाआमाको सपना साकार पार्दै समाज र देशकोलागी परिवर्तनको बाहक बन्न विद्यार्थीहरुलाइ शुभकामना दिनुभयो।
अन्त्यमा कलेजका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक क्रियाकलापहरु मार्फत आ-आफ्नो प्रस्तुतिहरु दिएका थिए। काष्ठमण्डप स्कुल/कलेजले आगामी सोमवार अर्थात भदौ ६ गते देखि नियमित पढाइ संचालन गर्ने बताएको छ।



