Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको अभिमुखिकरण कार्यक्रम सम्पन्न।

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको अभिमुखिकरण कार्यक्रम सम्पन्न।

  • 1.8K
    SHARES

  • काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको अभिमुखिकरण कार्यक्रम सम्पन्न।

    भदौ, ६ काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले कक्षा ११ का विद्यार्थीहरुलक्षित अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ। कलेजका प्रीन्सिपल मनोज थापामगरको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो।

    अभिमुखिकरण कार्यक्रमको संचालन महेस घर्तिमगरले गर्नुभयो भने एकेडमी डाइरेक्टर टंक गैरे, सायक क्याम्पस चिफ जीवन थापा, कोर्डिनेटर राहुल यादब, +२ कोर्डिनेटर राजन श्रेष्ठ, स्कुल सायक प्रीन्सिपल राजकुमार श्रेष्ठ लगाएत बौद्धिक ब्यक्तित्वहरु अतिथिको रुपमा सहभागी रहे।FB_IMG_1661138260880.jpg

    अभिमुखिकरण कार्यक्रममा एकेडमी डाइरेक्टर टंक गैरेले स्वागत मन्तव्यद्वारा विद्यार्थीहरुलाई स्वागत गर्नु भयो। उहाँले कक्षा ११ बाट विद्यार्थीहरुको महत्वोपुर्ण शैक्षिक भविष्य शुरुहुने भन्दै विद्यार्थीहरुले अध्यायनको बाटो तय गर्नुपर्ने बताउनुभयो।FB_IMG_1661136960534.jpg

    त्यसैगरी कार्यक्रममा साहयक क्याम्पस चिफ जीवन थापाले कक्षा ११ को शैक्षिक योजनाबारे मन्तव्य दिनुभयो। उहाँले काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको भिजन विद्यार्थीहरुलाई उच्च- ज्ञान हाँसिल गर्ने र आगामी शैक्षिक भविष्य सुन्दर बनाउनु रहेको भन्दौ विद्यार्थीहरुले कठिन मिहेनत गरे काठमाडौ कलेज ओफ सेन्ट्रल स्टेटले उत्कृष्ट नतिजा दिन सक्ने बताउनुभयो। त्यसैगरी विद्यार्थीहरु कलेजमा अनुशाशीत र जिम्मेवार भएर अध्यायन गर्नुपर्ने भन्दै कलेजको असल विद्यार्थी, बाबाआमाको असल छोरा, र समाजमा प्रतिस्ठित ब्यक्तिको रुपमा चिनिनुपर्ने बताउनु भयो।FB_IMG_1661136963334.jpg

    त्यसैगरी उहाँले कलेजमा विभिन्न शैक्षिक प्रदर्सनी (बिज्ञान प्रदर्शनी, मेनेज्मेन्ट प्रदर्शनी होटेल मेनेजमेट प्रदर्शनी) संचालन गर्ने बताउनु भयो। अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेल कार्यक्रमहरु, मोटिभेस्नल स्पिच, ट्राफिक नियमबारे प्रशिक्षा लगाएत धेरै कार्यक्रम संचालन गर्ने भन्दै हरेक विद्यार्थीहरुले सहभागी जनाउन सक्ने बताउनु भयो।

    त्यसैगरी कक्षा +२ कोर्डिनेटर राजन श्रेष्ठले विद्यार्थीहरुले कलेजमा पालना गर्नुपर्ने अनुसाशन र नियमहरुको बारे सर्कुलर गर्नुभयो।FB_IMG_1661136965849.jpg

    अन्त्यमा कलेजका प्रीन्सिपल मनोज थापामगरले काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटलाई आगामी शैक्षिक यात्राको सारथि बनाएको र कलेजलाइ बिश्वास गरेकोमा विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो। उहाले आगामी २ बर्ष विद्यार्थीहरुको पुर्ण जिम्मा लिदै सर्बांगिण बिकासकोलागि गर्नुपर्ने हरेक क्रियाकलाप गर्न तयार रहेको बताउनु भयो।

    प्रीन्सिपल थापाले आफ्नो उदेश्य पूरागर्न र ज्ञान हांसिलगर्न आजको विद्यार्थीहरु अनुशाशीत, सिर्जनात्मक हुनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले विद्यार्थीहरुलाई समयको महत्त्वको बारे बोध गराउदै आज्को समय नै जिवनको सबैभन्दा महत्त्वपूर्ण रहेको र कक्षा ११ र १२ मा विद्यार्थीहरुले कडा मिहेनत गरे उदेश्य पुरागर्नबाट कसैले रोक्न नसक्ने बताउनु भयो।FB_IMG_1661136958069.jpg

    एक अर्को सन्दर्भमा प्रीन्सिपल थापाले विद्यार्थीहरु अध्यायनको बिदेश जानुपर्ने कुरालाइ रोक्नुपर्ने बताउनु भयो। उहाँले मिहेनत गरे हाम्रै देशमा हजारौ अवसर भएको बरु हामिले अवसरको पहिचान गर्न नसकेको बताउनु भयो। विद्यार्थी बाहिरिदा जनशक्ति मात्रै नभै बर्षमा अर्बौ पुजि बाहिरिएको र जसले गर्दा देशले ठूलो क्षेती ब्यहोर्नुपरेको बताउनु भयो। बिद्यालय/ कलेज असल मानिस उत्पादन गर्ने कारखाना हो, त्यसमा काठमाडौ सेन्ट्रल स्टेट अब्बल रहेको बताउनु भयो।

    काठमाडौ सेन्ट्रल स्टेट कलेजले आगामि भदौ ९ गते देखी कक्षा संचालन गर्दैछ।

    FB_IMG_1661136968290.jpgFB_IMG_1661137019272.jpgFB_IMG_1661136971973.jpgFB_IMG_1661136977456.jpgFB_IMG_1661136980250.jpgFB_IMG_1661137034593.jpgFB_IMG_1661137539365.jpgFB_IMG_1661137595552.jpgFB_IMG_1661137051559.jpgFB_IMG_1661138240994.jpg

    images
    सोमवार, भाद्र ६ २०७९०९:०४:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार