सोमवार, भाद्र ६ २०७९
भदौ, ६ काठमाडौ । "युवाहरु निर्माणका सारथि हुन! विद्यार्थीहरु सिर्जनाका भण्डार हुन"; भन्ने कुरा अनेरास्ववियू (क्रान्तिकारी) ले साबित गरेको छ। पछिल्लो समय काम भन्दा गफ बढी गर्ने र पार्टिको सेवामा मात्रै जुट्ने, निर्माण प्रक्रियामा सहभागी अत्यन्तै कम हुने आक्षेप लागिरहेको बेला अखिल (क्रान्तिकारी) निर्माण प्रक्रियामा जुटेका छ।
नेपाल कम्युनिस्ट पार्टी (बिप्लवले नेतृत्व गरेको) अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थी संगठनले च्यात्रामा एउटा आधारभुत बिद्यालय निर्माण गरेको छ। अखिल (क्रान्तिकारी) ले धादिङ जिल्लाको बेनिघाट-रोराङ्ग गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभुत विद्यालय निर्माण गरेको हो।
२०७९ भदौ ३ गते शुक्रवार संगठनले एक उकार्यक्रम आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको छ। उक्त कार्यक्रममा नेकपाका महासचिव विप्लवले शुभकामना सन्देश मार्फत र नेकपाका केन्द्रिय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा सम्पन्न भएको छ।
धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन र वालवालिकाहरू शिक्षावाट वन्चित थिए । नजिकको विद्यालय पनि तिन घण्टाको दुरीमा रहेको र भिरालो वाटो भएकोले वालवालिकाहरू पढ्ने अवसरवाट वन्चित थिए। नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिवन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले विप्लवको निर्देशनमा नेकपा र अखिल क्रान्तिकारीको पहलमा विद्यालय निर्माण भएको हो।
विद्यालय उद्घाटन कार्यक्रममा पुगेका पार्टी र विद्यार्थी संगठनका नेता ,कार्यकर्ता लाई स्थानीय जनताले भब्य स्वागत गरेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय र त्रि.वि इन्जिनियरिङ इन्चार्ज अनिल केसी ले बताए।
कार्यक्रममा वडाका पूर्व वडा अध्यक्ष नन्द तामाङले आफुहरुले गर्न नसकेको काम विप्लव नेकपा र अखिल(क्रान्तिकारी)ले गरेको भन्दै बधाई तथा धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थिङले राज्यले आफुहरुलाई नचिनेको भन्दै दुख व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीले आफुहरुलाइ चिनेको र आफुहरुको बर्षौ देखिको ठूलो सपना पुरा गरिदिएकोमा आभार तथा धन्यवाद व्यक्त गरे। साथै उनले आफ्ना छोराछोरीले पनि विद्यालय देखेको र यहाँ अध्ययन गरेर रास्ट्रको निम्ति योगदान दिने बताए।
त्यस गाँउमा करिब २५ घर धुरी रहेका छ्न। गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी) जनाएको छ। यसभन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेको अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बताउनु भयो। अध्यक्ष शाहिका अनुसार संगठनले आफै लगानी, श्रमदान र स्थानीयसंगको सहकार्यमा ४ कोठे विधालय भवनको निर्माण सम्पन्न गरेको बताए। हिजो उद्घाटन लगतै बिद्यालयमा पढाई सुरु भयको छ।बिद्यालय लाइ आवश्यक फर्निचर ,खेलकुद सामग्री र शैक्षिक सामग्री समेत क्रान्तिकारी ले उपलब्ध गरायको छ । अहिले विधालयमा ३० जना विद्यार्थी भर्ना भएको विधालयका शिक्षिका अस्मिता घलानले बताइन उक्त क्षेत्रमा खाने पानीको पनि चरम समस्या रहेको छ।



