शनिवार, भाद्र १८ २०७९
भदौ, १८ काठमाडौ । फोहोरमैला ब्यबस्थापन जनचेतना तथा सरसफाइ कार्यक्रममा विद्यार्थी सहभागी भएका छन । कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.ली. को आयोजनामा भएको उक्त सरसफाई कार्यक्रममा काठमाडौ महानगर १३, सोल्टिमोड स्थित काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (Kathmandu College of Central State) का विद्यार्थीहरु सहभागी भएका हुन।
काठमाडौ महानगरपालिका अन्तर्गत वातावरण तथा कृषि विभाग, कामनपा १३ र Kathmandu College of Central State को समन्वयमा टेकु पुल देखि सोल्टिमोडसम्म सडकपेटी सरसफाइ तथा जनचेतना कार्यक्रम उत्साहका साथ सञ्चालन गरिएको छ। सरसफाइ कार्यक्रममा Social Club of Central State का 50 जना भन्दा बढि विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा कलेजका प्रीन्सिपल मनोज थापामगर लगाएत कोर्डिनेटर, एकेडेमीक डाइरेक्टर र शिक्षक हरुको समेत सहभागी रहेको थियो।
त्यस क्रममा विद्यार्थीहरुले त्यस वरपर रहेका व्यावसायिहरुलाइ आफुले उत्पादन गरेको फोहोर जथाभावी नफाल्न र सरसफाइमा ध्यान दिनकोलागी जनचेतना जगाउदै सोल्टिमोड सम्म सरसफाइ गरेका थिए।
कलेजका प्रीन्सिपल मनोज थापा मगरले सरसफाइ कार्यक्रममा सहभागी हुने अवसर अवसर प्रदान गरिदिनु भएकोमा कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.ली र समाजसेवी श्री रामेश्वर पोखरेललाइ कलेज परिवारको तर्फबाट धन्यवाद तथा आभार प्रकट गर्नुभयो। साथै ' उहाले 'हाम्रो काठमाडौँ, सुन्दर काठमाडौँ ' भन्ने भावनालाई आत्मसाथ गर्दै सम्पूर्ण नगरवासी एबम् सडक नजिकै व्यवसाय सञ्चालन गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई सरसफाइ आफ्नो कर्तव्य सम्झेर आफ्नो घर व्यवसाय वरपर सधैं सफा राख्न विशेष अनुरोध समेत गर्नुभयो।
शिक्षण सिकाइ संगसंगै अन्य सामाजिक तथा सेवामुलक काममा समेत सहभागी हुँदै आएको काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट (Kathmandu College of Cemtral State) मा आधारभुत तह देखि बिश्वबिद्धालय तहसम्म अध्यायन अध्यापन हुँदै आएको छ। कलेज कक्षा ११ र १२ मा Science, Management र Law तथा स्नातक तहमा BBS, BSW, BCA बिषयहरु अध्यायन अध्यापन गर्न अब्बल रहेको छ।








