सोमवार, भाद्र २० २०७९
भदौ, २० काठमाडौ । लुम्बिनी बौद्ध बिश्वबिद्धालयमा स्नातक तहमा विभिन्न संकायमा भर्ना खुलेको छ। बिश्वबिद्धालयको मानविकी तथा सामाजिकशात्र संकाय अन्तर्गत बिए.एलएलबी., बि.टि.टि.एम. र Bachelor of art in Rular Development (BARD) मा भर्ना खुलेको हो।
शैक्षिकसत्र २०७९/८० कोलागी सेमेस्टर प्रणाली अन्तर्गत भर्नाकालागी आवेदन खुलेको बताइएको छ। यस शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुले लुम्बिनी बौद्ध बिश्वबिद्धालयको वेबसाईट apply.lbu.edu.np मा गएर अनलाइन फारम भर्न सक्नेछन् ।
बिस्तृत जानकारीकालागी बिश्वबिद्धालयको वेबसाईट www.lbu.edu.np मा गएर हेर्न सक्ने छन।
