बुधवार, भाद्र २९ २०७९
भदौ, २९ सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।
डिप्लोमा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो ।

त्यसैगरी सिटिइभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहको पुर्ण शुल्किय स्वास्थ्य कार्यक्रम तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।
