Jul 27 2026 | २०८३, श्रावण ११ गते

एन आइ सि (Nic) एकेडेमीले गर्‍यो शैक्षिक प्रदर्शनी।

एन आइ सि (Nic) एकेडेमीले गर्‍यो शैक्षिक प्रदर्शनी।

  • 1.9K
    SHARES

  • एन आइ सि (Nic) एकेडेमीले गर्‍यो शैक्षिक प्रदर्शनी।

    काठमाडौ, ८ असोज - काठमाडौ को सानोभर्‍याङ स्थित Nic (निक) एकेडमिले शैक्षिक प्रदर्शनी भब्य ढंगले सम्पन्न गरेको छ। एकेडेमीले आज मिति २०७९ असोज ८ गते शनिवारका दिन 'Nic Fete and Educational Exhibition programme' आयोजना गरेको हो।20220924_103244.jpg

    शैक्षिक प्रदर्शनी कार्यक्रममा संस्थाका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभयो भने प्रिन्सिपल सुबन्धराज रेग्मीले शैक्षिक प्रदर्शनी बारे जानकारी दिनुभयो। उहाँले यस कार्यक्रमले विद्यार्थीका विभिन्न प्रतिभाहरूको प्रस्फुटन हुने साथै उनिहरूलाई यस्ता कार्यक्रमले उत्प्रेरणा मिल्ने बताउनु भयो । कार्यक्रमको संचालन शिक्षक रिङकि श्रेष्ठले गरेकि थिइन।20220924_104042.jpg

    उक्त कार्यक्रममामा करिव २५ सय  विद्यार्थी एवं अभिभावकको सहभागिता रहेको थियो। प्रदर्शनी कार्यक्रममा विद्यार्थी र शिक्षक शिक्षिकाले तयार पारेका शैक्षिक खेलहरू मुख्य आकर्षण थिए। साथै चित्रकला प्रदर्शनी लगाएत विभिन्न खेलहरूका स्टलहरू राखिएको थियो जसमा अभिभावक एवं विद्यार्थीहरूले खेलेर आनन्द लिएका थिए। वालवालिकाका लागि छुट्टै खेल्न मिल्ने खेल स्टेशन राखिएका थिए जसमा उनिहरूको रूचि देखिन्थ्यो। अन्य विविध खेलहरूमा अभिभावक एवं विद्यार्थीहरूको रूचि एवं सहभागिता उत्साहजनक थियो ।20220924_113019.jpg20220924_113113.jpg

    प्रदर्शनीमा विभिन्न सांगीतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले गायन एवं नृत्य प्रदर्शन गरेर कार्यक्रमलाई मनमोहक बनाएका थिए । उता शिक्षक शिक्षिकाको नृत्य पनि हेर्न लायक थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले कार्यक्रमको प्रशंसा गरेका थिए। साथै आफ्ना वालवालिकाका विभिन्न क्रियाकलापहरु र प्रदर्शन बाट सन्तुष्ट देखिन्थे । कार्यक्रममा विभिन्न फूड स्टल (खानाका परिकार)हरू पनि राखिएको थियो ।20220924_111825.jpg

    शैक्षिक प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुले आफैले निर्माण गरेका विभिन्न बैज्ञानिक प्रबिधि र मेसिनहरुको प्रदर्शनी गरेका थिए। विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका विभिन्न सामाग्रीहरू अभिभावक एवं विद्यार्थीहरूले ध्यानपूर्वक अवलोकन गरेका थिए।20220924_102222.jpg20220924_102426.jpg20220924_101753.jpg20220924_101808.jpg20220924_101822.jpg20220924_102143.jpg

    यस्तो छन विद्यार्थीहरुले बनाएका सामाग्रीहरु ।

    20220924_104349.jpgकक्षा ८ झिज तुलाधर हाइड्रोलिक प्रेसर बाट चल्ने क्रेन
    Screenshot_20220924-202213_Gallery.jpgकक्षा ८ सांगिन राई, सक्सेस खड्गी, आरुस खड्गीको ग्रुप मिलेर जेसिबि (JCB)
    20220924_103234.jpgकक्षा ९ : कम्प्युटर सर सागर थापा संग मिलेर अप्सन रेग्मी: मोबाइलबाट कन्ट्रोल गर्नसकिने Bluethooth कन्ट्रोल आरसी कार ।
    20220924_105631.jpgकक्षा ९ : निरन्जन पौडेल, ज्यास्लिङ मगर, सार्थक सर्मा, आशिर्वाद रेग्मी, प्रदेश पाण्डे ६ जनाको ग्रुप मिलेर रोबोर्टिक हात ।
    20220924_110232.jpg20220924_110222.jpgकक्षा ९ : अनिश जोशी, रसिक श्रेष्ठ, बिजय रावत, पासाङ शेर्पा, वाङ्गेल गुरुङ, बिराज भट्टले बनाएको सोलार फ्यान र थ्रीडि होलोग्राम ।
    20220924_103140.jpgकक्षा ९ : प्रनभमान सिंह महर्जनले निर्माण गरेको ब्याट्रीबाट चल्ने मोटर कार
    20220924_105931.jpgकक्षा ६: आर्यब श्रेष्ठ , अश्लेस पोख्रेल, आरध्या अर्याल, कृषिमा प्रयोग हुने औजार हरुको निर्माण ।
    20220924_103113.jpgकक्षा ६ : रिहाना काप्री , आदि खनाल, दिप्साङ सिम्खडा, बिपासना श्रेष्ठ, बिभुती दनै, आर्यान पाण्डे, अगृमा श्रेष्ठ, आरक बाबू श्रेष्ठद्वारा बनाइएको भोल्क्यानिक माउन्टेन। यसमा कलर, बेकिङ सोडा र भिनेगरको प्रयोग गरेर गरेका थिए।
    20220924_111202.jpgकक्षा ६ : शाश्वत राज लम्साल, शुलभ सापकोटाले ब्याट्री बाट चल्ने कुलर बनाएका छन।

    प्रदर्शनीमा प्रबिधिको निर्माण गरेका विद्यार्थीहरुले भविष्यमा बैज्ञानिक बन्ने सपना भएको बताए।

     

    images
    शनिवार, आश्विन ८ २०७९०८:४०:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार