Oct 02 2026 | २०८३, आश्विन १६ गते

कर्णाली प्रदेश सिटिइभिटीको रिक्त रहेका बर्गिकृत छात्रवृत्ति कोटामा भर्ना बारे सूचना ।

कर्णाली प्रदेश सिटिइभिटीको रिक्त रहेका बर्गिकृत छात्रवृत्ति कोटामा भर्ना बारे सूचना ।

  • 696
    SHARES

  • कर्णाली प्रदेश सिटिइभिटीको रिक्त रहेका बर्गिकृत छात्रवृत्ति कोटामा भर्ना बारे सूचना ।

    कार्तिक, २२ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) कर्णाली प्रदेशले रिक्त रहेका बर्गिकृत छात्रवृत्ति बोटामा भर्नाको लागि सूचना जारी गरेको छ।

    परिक्षा नियन्त्रण कार्यलय सानोठिमिको २०७९ साउन १२ गते प्रकाशन गरेको शैक्षिक शत्र २०७९/८० का लागि डिप्लोमा/प्रमाणपत्र तह तथा प्री-डिप्लोमा तहमा बर्गिकृत (नि:शुल्क) छात्रवृत्तिको लागि आवेदन फारम भर्ने सुचना जारी गरेको हो।

    कर्णाली प्रदेश कार्यलय सुर्खेतले २०७९ भदौ १९ भदौ २३ गते मुख्य उमेदवारहरुलाइ योग्यताक्रम अनुसार शिक्षण संस्था समेत तोकि सिफारिस गरेको र र त्यस बाहेक रिक्त रहेका कोटामा २०६९ असोज ३१ गते बैकल्पिक उमेदवारहरुलाइ समेत सिफारिस गरिसकेकोले केही कोटाहरु पुन रिक्त रहेकोले आवेदन दिन सुचना जारी गरेको छ।

    यसका लागि मिति २०७९ कार्तिक २८ गते कार्यलय समय भित्र आवस्यक कागाजात सहित निवेदन दिनसक्ने जनाइएको छ।

    त्यसैगरि सिटिइभिटि प्रदेश कार्यलयले डिप्लोमा/ प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको बर्गिकृत छात्रवृत्ति तर्फको प्रवेश परीक्षा नभएकोले अन्य जुनसुकै प्रदेशहरुमा २०७९ भदौ १८ गते संचालन भएको सम्बन्धित कार्यक्रमकै परिक्षामा सहभागी भै उत्तीर्ण भएका उमेदवारहरुले मिति २०७९ कार्तिक २८ गते सम्म भर्नाका लागि कागाजात सहित निवेदन दिन सक्नेछन।

    Screenshot_20221108-065020_Chrome.jpg

    images
    मंगलवार, कार्तिक २२ २०७९०७:२३:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार