Jul 29 2026 | २०८३, श्रावण १३ गते

प्याब्सकले अन्तर बिद्यालय कप फुटसल प्रतियोगिता आयोजना गर्ने।

प्याब्सकले अन्तर बिद्यालय कप फुटसल प्रतियोगिता आयोजना गर्ने।

  • 495
    SHARES

  • प्याब्सकले अन्तर बिद्यालय कप फुटसल प्रतियोगिता आयोजना गर्ने।

    मंसिर, १८ काठमाडौ । निजि तथा आवासिय बिद्यालय संगठन (प्याब्सक) ले अन्तर बिध्यालय कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्याब्सक काठमाडौले आगामी मंसिर २० र २१ गते फूटसल प्रतियोगिता आयोजना गर्ने भएको हो।

    प्याब्सकले मनास्लु वर्ल्ड कलेज चुच्चेपाटिमा आज एक पत्रकार सम्मेलन गर्दै फूटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। फूटसल प्रतियोगिता प्याब्सकमा सहभागी सदस्य स्कुलहरु बिच हुनेछ। प्रतियोगिता नकआउट चरणमा हुने छ।

    प्रतियोगितामा सहभागी मध्य बिजेता टिमलाइ नगद पुरस्कार सहित ट्रफी र मेडलको ब्यबस्था गरिएको फूटसल प्रतियोगिता कार्यक्रम संचालक राजु पुडासैनीले पत्रकार सम्मेलनमा जानकारी दिए। संयोजक पुडासैनीका अनुसार प्रथम हुने टिमलाइ रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाइ रु. ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाइ रु. ३ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र बितरण गर्ने बताइएको छ। त्यसगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट टिमलाइ ट्रफी र मेडलको ब्यबस्था गरिएको बताइएको छ।

    फूटसल प्रतियोगितामा सहभागी हुने टिमले ३ हजार रजिष्ट्रेसन शुल्क सहित फोटो र प्रमाणपत्र अनिवार्य बुझाउनु पर्ने छ। खेल फिफा र एन्फाको नियमको अधिनमा रहेर गर्ने तथापि समय भने ९० मिनेटलाइ परिवर्तन गर्न सकिने जानकारी दिइएको छ। प्याब्सक्का अनुसार रेफ्री एन्फासंग सहकार्य गरेर ल्याईने बताइएको छ।

    प्रतियोगितामा सहभागी टिमले खेल सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनिवार्य सम्पर्क गर्नुपर्ने छ। प्रतियोगितामा कक्षा ३ देखि १० कक्षासम्म अध्यायनरत विद्यार्थीहरुले सहभागी जनाउन सकिने प्याब्सकका अध्यक्ष ज्ञानेन्द्र लामाले जानकारी दिए। अध्यक्ष लामाका अनुसार खेल बिहान ८ बजे देखि संचालन हुने छन । जस मध्य मंसिर २० गते उद्घाटन र २१ गते समापन गरिने छ।

     

    images
    आइतवार, मंसिर १८ २०७९०७:१३:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार