Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सकद्वारा आयोजित फुटसल कप प्रतियोगिता शुरु ।

प्याब्सकद्वारा आयोजित फुटसल कप प्रतियोगिता शुरु ।

  • 564
    SHARES

  • प्याब्सकद्वारा आयोजित फुटसल कप प्रतियोगिता शुरु ।

    मंसिर, २० काठमाडौ । निजि तथा आवासिय बिद्यालय संगठन (प्याब्सक) द्वारा आयोजित फुटसल कप प्रतियोगिता शुरु भएको छ। प्याब्सकको सातौ संस्करणको अन्तर बिद्यालय कप फूटसल प्रतियोगिता आज बिहान ८ बजे शुरु भएको हो।20221206_082731.jpg

    प्रतियोगितामा २६ स्कुलको टिमहरु सहभागी भएका छन। त्यस अन्तर्गत आज पहिलो म्याच बिभुती प्रज्ञा निकेतन र प्रशान्ती शिक्षा सदन बिच प्रतिस्पर्धा भएको छ। जसमा प्रशान्ती शिक्षा सदनले २-० को जित हात पारेको छ। पहिलो खेलमा प्रसान्ती शिक्षा सदनका कक्षा १० का संन्जिब मगर 'म्यान अफ द म्याच' घोषित भएका छन।20221206_085813.jpg

    खेल आयोजना चावेल चुच्चेपाटी स्थित भाटभटेनी फूटसल ग्राउन्ड मा खेल हरु भइरहेको छन। खेल भोलि मंसिर २१ गते सम्म संचालन हुने छन।

    आयोजका अनुसार खेलमा प्रथम हुने टिमलाइ रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाइ रु. ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाइ रु. ३ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र बितरण गर्ने बताइएको छ। त्यसगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट टिमलाइ ट्रफी र मेडलको ब्यबस्था गरिएको बताइएको छ।20221206_083150.jpg

     

    images
    मंगलवार, मंसिर २० २०७९११:१०:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार