बिहिवार, मंसिर २२ २०७९
मंसिर, २२२ काठमाडौ । निजि तथा आवासिय बिद्यालय संगठन (प्याब्सक) ले आयोजना गरेको अन्तर बिद्यालय कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्याब्सक काठमाडौद्वारा मंसिर २० र २१ गते भएको सातौ संस्करणको अन्तर बिद्यालय फूटसल प्रतियोगिता सम्पन्न भएको हो।
फूटसल प्रतियोगितामा २६ स्कुलको टिमहरु सहभागी थिए । जसमध्ये मनास्लु वर्ल्ड स्कुल चुच्चे पाटी प्रथम , लुम्बिनी एकेडमी चुच्चे पाटी द्वितीय र प्रशान्ती एकेडमि कपनले तृतीय स्थान हाँसिल गरेको छ।
प्रतियोगितामा समापन प्रतियोगिताका प्रमुख अतिथी तथा राखेप सदस्य सचिव टंकलाल घिसिङले प्रथम हुने टिमलाई रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाइ रु. ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाइ रु. ३ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र बिततरण गरिएको थियो।
त्यसैगरी बेस्ट प्लेयर : संगम वाइवा, फेयर प्ले: पायोनर पब्लिक स्कुल, हाइ स्कोर सन्जय थापा : मनास्लु वोर्ल्ड स्कुल र बेस्ट गोलकिपर मनास्लु कै पदम तामाङले प्राप्त गरेको थियो। उक्त खेलाडीहरुले ट्रफी प्राप्त गरेका थिए।
समापन कार्यक्रमको अध्यक्षता प्याब्सकका अध्यक्ष गेन्द्र लामाले गर्नुभयो भने कार्यक्रम संचालन प्याब्सकका महासचिव राजन श्रेष्ठले गर्नु भयो। प्रतियोगिताको समापन कार्यक्रममा अन्य प्याब्सकका पदाधिकारी लगाएत विभिन्न बिद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममामा बोल्दै अध्यक्ष गेन्द्र लामाले सहभागी स्कुललाई बधाइ दिदै विद्यार्थीहरुको पढाइका साथसाथै खेलकुदलाई प्राथमिकता दिने र त्यसकोलागी प्रशिक्षणको जरुरी रहेको बताउनु भयो।
तेस्तै समापन कार्यक्रमका प्रमुख अतिथी तथा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ले खेलकुदलाइ अतिरिक्त क्रियाकलाप नभै पाठ्यक्रममै समेटिनु पर्ने र त्यो कुरा बिस्तारै हुँदै गएको बताउनु भयो। उहाँले खेलकुदको माध्यमबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरा र खेलकुदलाई व्यावसायिक बनाउन सकिने कुरामा जोड दिनुपर्ने बताउनु भयो। उहाँले खेलबाट आफ्नो जीवनको मात्रै नभै राष्ट्रको गौरव बढाउन सकिने कुरामा विशेष जोड दिनु भयो।
फूटसल प्रतियोगिताको फाइनलमा मनास्लु वर्ल्ड स्कुलले लुम्बिनी एकेडमी माथी ६-० गोलले जित हात पारेको थियो।
