सोमवार, मंसिर २६ २०७९
मंसिर, २६ काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा डिप्लोमा प्रमाणपत्र तहको रजिस्ट्रेसन फारम फर्ने सम्बन्धी सुचना जारी गरेको छ। परिसडले शैक्षिक सत्र २०७९/०८० का लागि रजिस्ट्रेसन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना जारी गरेको हो।
सिटिइभिटिका आंगिक, साझेदारी, सरकारी/ सामुदायिक बिद्यालय र निजि स्तरमा कार्यक्रम संचालनको स्वीकृति लिइ शिक्षण संस्थाहरुले डिप्लोमा प्रमाणपत्र तहका सम्पुर्ण कार्यक्रमहरुमा शैक्षिकसत्र २०७९/८० को लागि रजिस्ट्रेसन फारम मिति २०७९ मंसिर २८ देखी पुस १९ गते भित्रमा नियमित र पुस २६ गते भित्र बिलम्ब शुल्क तिरी फारम भर्न सकिने छ।
शिक्षण संस्थाहरुले रजिस्ट्रेसन फारम सिटिइभिटि प्रदेश कार्यलयहरुमा बुझाउनु पर्मे जनाइएको छ।
