बुधवार, पौष १३ २०७९
पौष, १३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय स्नातकोत्तर तहको विभिन्न संकायमा भर्ना सम्बन्धी सूचना जारी गरेको छ। बिश्वबिद्धालय बिज्ञान तथा प्राबिधी अध्यायन संस्थान र मानविकी तथा सामाजिकशात्र संकाय डिनको कार्यलयले क्रमशः M.Sc, MA तथा अधिस्नातक (PGD) तहमा नयाँ विद्यार्थी भर्नाको लागि सूचना जारी गरेको हो।
बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान अन्तर्गत ग्रेडिङ सिस्टमममा पठनपाठन हुने कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधी, खाद्य प्रबिधि, गणित, भुगर्भशात्र, इन्जिनियरिङ जियोलोजी, माइक्रो बायोलोजी, जल तथा मौसम बिज्ञान, बाताबरण बिज्ञान, बनस्पति शात्र, Biodiversity and Envirnomental Management, प्राणी शात्र, रसायनशास्त्र, भौतिकशात्र, जैविकप्रविधि, तथ्यांकशात्र, Envirnoment Health In Disaster र Master I'm Data Science बिषयमा भर्ना खुलेको जनाइएको छ।
बिज्ञान तथा प्रबिधि अध्यायन संस्थानको प्रवेश परिक्षा सम्बन्धी फारम http://www.tuiost.edu.np मा रहेको M.Sc. प्रवेश परिक्षाको लिङ्कमा गइ आफै फारम भर्म सक्ने छन। यसको लागि २०७९ पौष १७ देखि माघ ९ गते सम्म नियमित र १३ गते सम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सक्ने छन।

त्यसैगरी मानविकी तथा सामाजिकशात्र संकाय सेमेस्टर प्रणाली अन्तर्गत अधिस्नातक (PGD) स्नातक तह MA का विभिन्न बिषयहरुमा भर्माकोलागी २०७९ पौष १३ देखि माघ १० सम्म नियमित र माघ माघ १७ गते १२ बजे सम्म दोब्बर दस्तुर तिरी आवेदन फारम भर्न सक्नेछन।


