Jul 27 2026 | २०८३, श्रावण ११ गते

धनगढीका १७ वटा विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परिक्षामा फेल।

धनगढीका १७ वटा विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परिक्षामा फेल।

  • 1.1K
    SHARES

  • धनगढीका १७ वटा विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परिक्षामा फेल।

    बैशाख, ४ कैलाली । धनगढी उपमहानगरपालिकाले लिएको कक्षा ८ को परीक्षमा १७ वटा विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएका छन्। आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका उपमहानगर अन्तर्गतका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै  पनि  विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ।

    धनगढी उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा जम्मा ६३ सामुदायिक विद्यालय रहेकोमा ती मध्य १७ बिद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड पाप्त नगरेको बताइएको छ।

    उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएकाले कुन कुन विद्यालयमा नतिजा शून्य आयो त्यो भने भन्न नमिल्ने बताइएको छ।

     

    आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा/पुनर्योग र ग्रेडबृद्धि सम्बन्धी सूचना

    FB_IMG_1681699306994.jpgFB_IMG_1681699309588.jpgFB_IMG_1681699311489.jpg

    images
    सोमवार, बैशाख ४ २०८००८:२१:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार