Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट ।

एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट ।

  • 609
    SHARES

  • एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट ।

    बैशाख, १९ काठमाडौ । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बने संगै नेपाल एसिया कपमा छनोट। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो।

    यससंगै आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।

    युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो।

    गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए।

    त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए। कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे। तेस्तै ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।

     

    images
    मंगलवार, बैशाख १९ २०८०१२:०१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार