शुक्रवार, बैशाख २९ २०८०
बैशाख, २९ काठमाडौ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले बृहत् प्रदर्शन गरेको छन्। महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा १४ संघ संगठनहरुले प्रदर्शन गरेका गरेका हुन्।

प्रदर्शनमा सहभागी शिक्षक तथा बिद्यालय कर्मचारिहरुले 'विद्यालय कर्मचारीको तलबमान कायम गर,' 'सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर,' 'संघीय शिक्षा ऐन जारी गर,' '६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदा गर्' लगायत नारा लेखिएका ब्यानर बोकेका थिए।

प्रदर्सनकारीहरुले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय विच भएको ५१ बुँदे सम्झौता कार्यन्वयन गर्न र शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत रकम छुट्याउन समेत माग गरेका छन। उनिहरुले संघीय शिक्षा ऐन छिटो ल्याउन, विद्यालय कर्मचारीको दरबन्दी र उचित तलब, बालविकास सहजकर्तालाई प्राथमिक तह तृतीय श्रेणीको शिक्षक सरह सेवासुविधाको माग गरे।

सरकारले सबै भन्दा धेरै प्राथमिकतामा राख्नुपर्नेमा शिक्षक तथा कर्मचारीहरुलाई वेवास्ता गरेको बताए। उनीहरुले यही बजेटबाट शिक्षक कर्मचारीका मागहरु पुरा गर्न सरकारलाई दबाब सिर्जना गर्नका लागि प्रदर्शन गरिएको बताए । साथै यही बजेटमा मागमुद्दा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

न्युनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एक वर्षदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ । केही स्थानीय तहले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन् ।

