आइतवार, बैशाख ३१ २०८०
बैशाख, ३१ गते काठमाडौँ । निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं (प्याब्सक)को पाँचौ अधिवेशन सम्पन्न भएको छ। बैशाख ३० गते शनिबार काठमाडौको बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा भएको प्याब्सकको पाँचौ अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले निजी तथा आवासीय विध्यालय संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा राजन श्रेष्ठलाई निर्वाचित गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए भने उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरुङ चयन भए।
नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निजि तथा आवासीय विद्यालय संगठन काठमाडौँको सदस्यहरुमा रूपक लामिछाने, मुरारि चालिसे, शिव तिमसिना, सुरेन्द्र मगर, निराजन आचार्य, सन्तु खड्का र सुस्मिता मैनाली चयन भएका छन्।