Jul 27 2026 | २०८३, श्रावण ११ गते

मदन भण्डारी कप खुला बास्केटबल उपाधि मनास्लु वर्ल्ड कलेजलाई

मदन भण्डारी कप खुला बास्केटबल उपाधि मनास्लु वर्ल्ड कलेजलाई

  • 673
    SHARES

  • मदन भण्डारी कप खुला बास्केटबल उपाधि मनास्लु वर्ल्ड कलेजलाई

    जेठ, २७ गते काठमाडौं । मदन भण्डारी कप खुला बास्केटबलको उपाधि मनास्लु वर्ल्ड कलेजले जितेको छ।किर्तिपुरको कभर्ट हलमा सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब लाई ८६-६६ को सेटले हराउदै चावेल स्थित मनास्लु वर्ल्ड कलेजले उपाधी जितेको हो।

    FB_IMG_1686409756376.jpg

    प्रतियोगितामा सहभागी १६ वटा नेशनल टिम मध्यबाट उपाधि हाँसील गर्दै मनास्लु वर्ल्ड कलेजले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । मदन भण्डारी कप खुला बास्केटबल विजेता मनास्लु वर्ल्ड कलेजलाई काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद प्रदान गरेकी छन।

    FB_IMG_1686409770042.jpg

    स्थापनाको छोटो समयमै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित चाबहिलको मनास्लु वर्ल्ड कलेजले शिक्षा सँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिने गरेको छ। सिप र दक्षता सहितको २१ औँ शताब्दी सुहाउँदो जनशक्ति उत्पादनका लागि मनास्लु लागिपरेको कलेज प्रशासन बताउँछ। संस्था भित्र भर्ना हुन आउने हरेक विद्यार्थीलाई उसको प्रतिभा, रुचि, चाहना र क्षमता अनुसारको सिपमूलक शिक्षा कलेजले दिने गरेको छ भने यस्ता प्रतिभावान् विद्यार्थीलाई विशेष छात्रवृत्तिको समेत व्यवस्था गरेको छ। त्यसैले विभिन्न किसिमका प्रतियोगिताहरू आयोजना हुँदा मनास्लु सधैँ अब्बल ठहरिने गरेको छ। कलेजले कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीका लागि ‘प्रि- रजिस्ट्रेसन’ खुला गरेको छ।

    FB_IMG_1686409793317.jpg

     

    images
    शनिवार, जेठ २७ २०८००८:५८:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार