Jul 29 2026 | २०८३, श्रावण १३ गते

प्याब्सक काठमाण्डौले गर्यो शिक्षकहरुलाई सम्मान।

प्याब्सक काठमाण्डौले गर्यो शिक्षकहरुलाई सम्मान।

  • 724
    SHARES

  • प्याब्सक काठमाण्डौले  गर्यो शिक्षकहरुलाई सम्मान।

    असार, १९ काठमाण्डौ। नीजि तथा आवासीय बिद्यालय संगठन (प्याब्सक) काठमाडौले गुरु पुर्णिमाको अवसरमा शिक्षकहरुलाई सम्मान गरेको छ। बि.सं. २०६१ सालमा स्थापना गरिएको काठमाण्डौको उत्तरी क्षेत्रका विद्यालयहरुको संगठन प्याब्सकले प्रत्येक वर्ष गुरु पूर्णिमाका दिन शिक्षक सम्मान कार्यक्रम गर्दै आएकोमा यस वर्ष समेत प्याब्सकको सदस्यता ग्रहण गरेका प्रति विद्यालयबाट नाम पठाइएका एक जना शिक्षकलाई सम्मान गरेको हो।

    FB_IMG_1688467198836.jpg

    उक्त कार्यक्रम काठमाण्डौको सरस्वती नगर स्थित ए वन पार्टी भेन्युको सभाहलमा प्याबसकका अध्यक्ष राजन श्रेष्ठको सभाध्यक्षतामा शुरु भएको थियो। कार्यक्रमको प्रमुख अतिथी पुर्ब प्रधानमन्त्री झलनाथ खनाल,बिशिष्ट अतिथी पूर्वीय दर्शनका ज्ञाता डा.चिन्तामणिनाथ योगी, बिशेष अतिथिहरूमा एनप्याब्सनका राष्ट्रिय अध्यक्ष पान्डप हमाल ठकुरी,सह अध्यक्ष सुवास न्यौपाने,मनास्लु वर्ल्ड कलेजका अध्यक्ष तथा प्याब्सकका सल्लाहकार गेन्द्र लामा, सल्लाहकारहरू,एन प्याब्सक काठमान्डौका अध्यक्ष खड्क बहादुर बस्नेत,मनास्लु वर्ल्ड कलेज फाइनान्स डिरेक्टर कुमार मोक्तान लगायत विभिन्न बिद्यालय कलेजका प्रोफेसरहरू,शिक्षक शिक्षिकाहरु, शिक्षाविद लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    FB_IMG_1688467189974.jpg

    गुरु वेद व्यासको तस्बिरमा माल्यार्पण,दिप प्रज्वलन तथा केक काटी औपचारिक उद्घाटन गरिएको कार्यक्रममा प्रीन्सटन एकेडेमीका प्रिन्सिपल सुदिप काफ्लेको सहजीकरण तथा प्याब्सकका उपाध्यक्ष मिरा सिलवालको स्वागत मन्तब्य रहेको थियो। कार्यक्रममा स्वागत नृत्य द्वारा स्वागत गरिएको थियो भने विभिन्न पाँचवटा विद्यालयका शिक्षिका हरु नृत्य तथा लोक गायक सुर्यमणी आचार्यको गायन प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरिएको थियो।

    FB_IMG_1688467246512.jpg

    कार्यक्रममा प्रोग्रेसिभ हाइस्कुल कामनपा- ईश्वरी प्रसाद काफ्ले,विभुती प्रज्ञा निकेतन- पुजा गुरुङ,त्रिनेत्र विधा निकेतन -प्रतिमा न्यौपाने, प्रीन्सटन एकेडेमी बुढानिलकण्ठ-प्रमिला निरौला, तिरुपती बोर्डिङ-बिनोद बिश्वकर्मा, सगरमाथा एजुकेसन एकेडेमी-निर्मला सुकुभाटु श्रेष्ठ,कान्तिपुर एकेडेमी हाईस्कुल-बिमला थापा, पुष्पलाल मेमोरियल स्कुल- सुश्री जिना राई,काठमाण्डौ बिधालय-देवकी ढुंगाना, प्रशान्ती एकेडेमी -सबिता गिरी ढुङ्गेल,लुम्बिनी बिगनर्स एकेडेमी - अञ्जली यादव, आकास गंगा इन्टरनेस्नल-रिना लिम्बू , ज्ञान प्रकाश एकेडेमी -अभिलाषा खड्का,साइप्रस एकेडेमी - राधाकृष्ण चौधरी,प्रस्फुटन इन्टरनेश्नल एकेडेमी - अनिता थापा,वेदव्यास वृद्धाश्रम बोर्डिङ स्कुल-निर्मला पोख्रेल, माउन्ट कैलाश स्कुल- प्रदिप खनाल,लड्स लाईट एकेडेमी -मुकेश बसेल,मादे स्कुल कागेश्वरी-कबिता लामा सम्मानित भएका थिए।

    FB_IMG_1688467237412.jpg

    त्यसैगरी सम्मानित हुनेहरुमा दिल नेत्र मेमोरियल स्कुल- रसिना सापकोटा ,मनास्लु वर्ल्ड स्कुल - संगिता रुम्बा,जुगल नवगुरुकुल- इश्वर बुढाथोकी,विश्व शिक्षा सदन सेकेन्डरी स्कुल-भीष्म ज्ञवाली उपाध्याय,सिन्दपानी ज्ञान मन्दिर पब्लिक स्कुल- मञ्जु कारञ्जित,हाम्रो नसाइन सेकेन्डरी स्कुल- चण्डिका कोइराला,सेन्ट जुलिएन एकेडेमी - रञ्जना राई,लिटिल मुन इङलिस एकेडेमी -दुर्गा कुमारी प्रसाईं खरेल,इन्टरनेसनल जोसेफ पब्लिक स्कुल- स्मिता रिजाल, शब्दालय नेपाल स्कुल-शिव कुमार तिम्सिना, एपेक्स लाइफ स्कुल-राम प्रसाद रेग्मी, शुभकामना स्कुल गोकर्णेश्वर- सबु प्याकुरेल र फेरिल्यान्ड इन्टरनेश्नल स्कुल-शुष्मा देवकोटा लगायतलाई सम्मान गरिएको थियो।

    FB_IMG_1688467182274.jpg

    कार्यक्रममा मन्तब्य राख्ने विभिन्न ब्यक्तित्वहरुले गुरु पूर्णिमाको महत्व र प्याब्सकले बिगतका वर्षका दिनहरु देखि नै विशेष रुपमा मनाउँदै आईरहेको बताउदै गुरु र शिष्य प्रतिको सम्बन्ध प्रगाढ हुनुपर्ने औल्याउदै सबैमा शुभकामना ब्यक्त गरेका थिए।

    कार्यक्रममा प्रमुख अतिथी झलनाथ खनालले आफु पनी राजनीतिमा आउनुभन्दा अगाडि शिक्षक भएको बताउदै शिक्षक र शिक्षण आफैमा सम्मानित ब्यक्ति र पेशा भएको बताए।उनले पस्चमेली मुलुकहरुले आफुलाई गुरु भन्ने गरेता पनि शिक्षामा विश्वको गुरु एसिया हो र ईतिहास पढ्न र बुझ्न सुझाव दिदै नेपालले हरेक क्षेत्रबाट फड्को मार्न थालेको समेत बताएका थिए।

    FB_IMG_1688467207158.jpg

    कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष राजन श्रेष्ठले आफ्नो तीनवर्षे कार्यकालमा थुप्रै कार्यहरु शैक्षिक गुणस्तरमा सुदृढीकरण, सांस्कृतिक, बिदेश भ्रमण र अबलोकन लगायतका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिदै कार्यक्रम सफल बनाउन अनवरत रुपमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण टिमहरुलाई धन्यबाद दिदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

    FB_IMG_1688467251383.jpg

     

    images
    मंगलवार, आषाढ १९ २०८००४:४२:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार