Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिमा प्रि-डिप्लोमा-डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाका लागि आवेदन खुल्यो।

सिटिइभिटिमा प्रि-डिप्लोमा-डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाका लागि आवेदन खुल्यो।

  • 568
    SHARES

  • सिटिइभिटिमा प्रि-डिप्लोमा-डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाका लागि आवेदन खुल्यो।

    असार, २९ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) मा शैक्षिक सत्र २०८० / ०८१ मा भर्नाका लागि आवेदन खुलेको छ। सिटिइभिटिले एक सुचना जारी गर्दै प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रम र कोटाहरूमा पूर्ण शुल्कीय र वर्गीकृत ( निःशुल्क ) छात्रवृत्तितर्फ प्रवेश परीक्षाका लागि आवेदन खुलेको हो।

    सीटीईभीटीबाट सञ्चालन सम्बन्धन–स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र निजी स्तरमा सञ्चालित शिक्षालयहरूले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिकाहरू २०८० बमोजिम पूर्ण शुल्कीय तर्फका शिक्षालयका स्वीकृत कार्यक्रम र कोटाहरूमा विद्यार्थी छनोट गर्न सकिने सुचनामा उल्लेख गरेको छ।

    सीटीईभीटबाट सञ्चालन गरिने स्वीकृत कार्यक्रम र कोटाहरुमा छनोट गर्न योग्यता पुगेका ब्यक्तिहरुले अध्ययनका लागि २०८० साउन १२ गते भित्र आवेदन दिनसक्ने छन।

    एसईई, एसएलसी, प्रि–डिप्लोमा, प्राविधिक एसएलसी उत्तीर्ण भएका विद्यार्थीहरूले पेस गरेका शैक्षिक योग्यता बापत प्रदान गरिने अङ्क र प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कको योगफल अनुसार कार्यक्रम र कोटाहरूमा योग्यता क्रमानुसार छनोट हुने सूचनामा जानकारी दिएको छ ।

    त्यसैगरी प्रि- डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत ( निःशुल्क) छात्रवृत्ति सम्बन्धी विस्तृत सूचना असार ३० गते प्रकाशित गरिने सीटीईभीटीले सूचनामा उल्लेख गरेको छ । वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि आवेदन साउन ४ गतेदेखि १२ गतेसम्म अनलाइनमा दिन सकिने छ।

    बिस्तृत सूचना तथा भर्ना सम्बन्धी निर्देशिकाहरु २०८०- www.ctevtexam.org.np मा हेर्म सकिने छ।

    हेर्नुस् सूचना ।

    FB_IMG_1689297703072.jpg

    images
    शुक्रवार, आषाढ २९ २०८००७:३७:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार