सोमवार, श्रावण १ २०८०
साउन, १ काठमाडौ । कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका विच कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
साक्षर घोषणा भएका जिल्लाहरु मध्ये कपिलबस्तु ६४ औं जिल्लामा पर्छ भने लुम्बिनी प्रदेशको १२ औं जिल्लाको रुपमा रहेको छ ।
साक्षर हुनको लागि १२ वटा सुचकहरुमध्ये छ वटा अर्थात् ५० प्रतिशत सुचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई कपिलबस्तुका प्रमुख थानेश्वर घिमिरेले बताए । उनले साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसङ्ख्यालाई लिइएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुधाकर पाण्डेले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेकोले जिल्लालाइ यो स्थानमा पुर्याउन सफल भएको बताउनुभयो। उहाँले साक्षर घोषणा अभियानलाई सफल बनाउन स्थानिय तहको महत्वपूर्ण भुमिका रहने सदस्य पाण्डेको भनाइ थियो ।