आइतवार, श्रावण ७ २०८०
साउन, ७ काठमाडौ । काठमाडौ महानगरपालीका १५ मा अवस्थित यस द सनसाईन कलेजले विगत २०७० सालदेखि बिज्ञान, ब्यवस्थापन , कानुन, मानविकी संकाय लगाएतका महत्वपूर्ण विषयहरुमा पठनपाठन गराउदै आईरहेको छ।
राष्ट्रिय परिक्षा वोर्डवाट लिईएका परिक्षाहरुमा उत्कृष्ट नतिजा निकाल्न सफल यस कलेजले सुलभ मुल्यमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ।
विभिन्न प्राकृतिका छात्रबृत्ति कार्यकर्महरुवाट विद्यार्थिले ५०-१००% सम्मको छात्रबृत्ति कलेजले प्रदान गर्दै आईरहेको छ।
गरिव, मध्यम तथा न्यूनमध्यमबर्गिय परिवारका भाईवहिनिको रोजाईमा रहेको यस कलेजमा कम्प्युटर साईन्स, होटल म्यानेजमेन्ट, टुरिजम एण्ड माउन्टेनरिङ, को अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, स्पेशल ल, लगायतका बिषयहरुमा विद्यार्थिको चाप रहेको पाईन्छ। विगत केहि वर्षदेखि यस यरियाका उत्कृष्ठ कलेजको रुपमा स्थापित भएको छ।
द सनसाईन स्कुल/कलेजले अन्तर स्कुल प्रथम वादोरियु कराते च्याम्पियनसीप आयोजना गरेको छ । Sporths For Health, Sports For Nation भन्ने नाराको साथ उक्त प्रतियोगिता सम्पन्न गरेको हो।

प्रतियोगितामा १३ स्कुलका ३१० जना विद्यार्थीहरुले सहभागी जनाएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो लगाएत सहभागी विद्यार्थी खेलाडिले प्रमाण, मेडल र प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हात पार्ने स्कुलले प्रमाणपत्र, मेडल र ट्रफी पाएका थिए।

कार्यक्रमको सभापतितब धुर्वराज भण्डारीले गर्नु भयो भने उद्घाटन समारोहमा प्रमुख अतिथि राजेन्द्र प्रसाद श्रेष्ठ (पुर्व मन्त्री), वोदो रियो कराँतेका अध्यक्ष हरिसरण, काठमाडौ महानगर वडा १५ का अध्यक्ष इश्वरमान डंगोल लगाएत को उपस्थिती रहेको थियो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथी राजेन्द्र श्रेष्ठले खेल स्वास्थ्यको लागि अनिवार्य भएकोले बिध्यालयले गरेको कार्यक्रमको खुलेर प्रसंसा गर्नु भयो।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष शिव कोइराला (ज्वाला) रहनु भयो। उहाँले खेलखुद र शिक्षालाई संग संगै लैजानु पर्ने बताउनु भयो। खेलकुदलाई पाठ्यक्रममै राखेर लैजानुपर्ने भन्दै हरेक शिक्षालयमा पढाइ संगसंगै खेलकुदमा ध्यान दिनुपर्ने बताउनु भयो।

कार्यक्रममा द सनसाइन स्कुल/ कलेजका प्रिन्सिपल बाबुराम गौतमले खेल स्वास्थ्यको लागि अनिवार्य रहेको भन्दै खेलले बालबालिकाको सर्बांङिण बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो। त्यसैगरी खेल माध्यम बाट देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन मद्दत पुग्ने भन्दै खेललाइ व्यावसायिक तरिकाले खेल्नुपर्ने धारणा राख्नु भयो।