Jul 27 2026 | २०८३, श्रावण ११ गते

एक विषय मौका परीक्षाको आवेदन फाराम खुला

एक विषय मौका परीक्षाको आवेदन फाराम खुला

  • 686
    SHARES

  • एक विषय मौका परीक्षाको आवेदन फाराम खुला

    साउन, १४ काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले एक विषय मौका परीक्षाको आवेदन फाराम भर्न सुचित गरेको छ। परिषदका आंगिक, साझेदारी, सामुदायिक बिद्यालय तथा निजि स्तरमा संचालित सेमेस्टर परीक्षा पर्णाली अन्तर्गतका विभिन्न बिषयमा कुनै एक सैद्धान्तिक परिक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागी आवेदन खुला गरेको हो।

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियरिङ तर्फका सम्पूर्ण कार्यक्रम, इन्फर्मेसन टेक्नोलोजी, होटेल मेनेज्मेन्ट, फूड एन्ड डेरि टेक्नोलोजी, सोसियल वर्क्स कार्यक्रमहरुको र प्राविधक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ प्रथम वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, दोस्रो खण्ड प्रथम वर्ष, दोस्रो खण्ड र तेस्रो वर्ष प्रथम खण्ड उत्तिर्ण भई तेस्रो वर्ष दोस्रो खण्डमा मात्र एक विषयको सैद्धान्तिक परीक्षा अनुत्तिर्ण भएका परिषद् परीक्षा सम्बन्धी विनियमावली २०७१ बमोजिम आवेदन खुला गरेको सुचनामा उल्लेख गरेको छ ।

    यसको लागि परीक्षार्थीहरुले २०८० साउन २३ गतेभित्र नियमित शुल्क र २८ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फारम भरी बुझाउनु पर्ने छ । साथै यसको परीक्षा भदौ/असोज महिनामा सञ्चालन हुने बताइएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1690682368144.jpg

     

    images
    आइतवार, श्रावण १४ २०८०१०:०७:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार