Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीद्वारा स्थगित प्रवेश परिक्षा आगामी भदौ २ र ६ गते हुने।

सिटिइभिटीद्वारा स्थगित प्रवेश परिक्षा आगामी भदौ २ र ६ गते हुने।

  • 515
    SHARES

  • सिटिइभिटीद्वारा स्थगित प्रवेश परिक्षा आगामी भदौ २ र ६ गते हुने।

    साउन, १९ काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार र बुधबारलाई तोकिएको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूमा भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित गरेको हो।

    स्रोतका अनुसार चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच विवाद हुँदा प्रवेश परीक्षा स्थगित गरिएको जनाइएको छ । शिक्षामन्त्री अशोककुमार राई र शिक्षासचिव सुरेश अधिकारीले आयोग र सीटीईभीटी समन्वय गरी अघि बढ्नुपर्ने निर्देशन दिएपछि प्रवेश परीक्षापछि सारिएको सीटीईभीटीले जनाएको छ ।

    सिटिइभिटिले गरेको स्थगित परीक्षा भदौ २ र ६ गते सञ्चालन गरिने सुचनामा उल्लेख गरिएको छ।

    त्यसैगरी शैक्षिक सत्र २०८०–०८१ का लागि गत असार २९ र ३० गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थप गरी सीटीईभीटीले साउन २६ गते सम्म बनाएको छ ।

    FB_IMG_1691076232801.jpg

    images
    शुक्रवार, श्रावण १९ २०८००७:३८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार