Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको अभिमुखिकरण सम्पन्न ।

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको अभिमुखिकरण सम्पन्न ।

  • 2.1K
    SHARES

  • काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको अभिमुखिकरण सम्पन्न ।

    साउन, १९ काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। काठमाडौ महानगर, १३ सोल्टिमोडमा अवस्थित उक्त कलेजले एक भव्य कार्यक्रमका बीच विद्यार्थीहरुलाई अभिमुखिकरण गरेको हो।

    20230804_072207.jpg

    उक्त कार्यक्रम कलेजका सहप्रधानाध्यापक जीवन थापाले संचालन गर्नुभयो। कार्यक्रममा स्कुल/कलेजका फाउन्डर प्रिन्सिपल तथा शैक्षिक ब्याक्तित्व मनोज थापामगरको सभापतित्वमा सम्पन्न भयो। उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा स्कुल/कलेजका सल्लाहकार तथा सह-प्राध्यापक होम राज खरेल, कवि तथा मोटिभेस्नल स्पिकर नवराज पराजुली, कलेजका एकेडेमी डाइरेक्टर टंक गैरे, प्रशासनिक प्रमुख सिताराम नेपाल, कक्षा ११ र १२ का कोर्डिनेटर राजन श्रेष्ठ, अथर्व कलेजका डाइरेक्टर सुवास अधिकारी, गायिका स्मिता अधिकारी, कलेजका बिभागिय प्रमुखहरु, शिक्षक, कर्मचारी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

    IMG-20230804-WA0030.jpg

    अभिमुखिकरण कार्यक्रममा कलेजका एकेडेमी डाइरेक्टर टंक गैरेले नयाँ विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिनुभयो । उहाँले विद्यार्थीहरुको सपना पूरा गर्न कलेज सदैव तल्लिन रहने भन्दै विद्यार्थीहरुले समेत आफ्नो पढ्नुपर्ने दायित्वलाई दरो गरि पकड्नुपर्ने बताउनुभयो।IMG-20230804-WA0013.jpg

    अभिमुखिकरण कार्यक्रममा बिशेष अतिथीको रुपमा आउनुभएका कवि नवराज पराजुलीले विद्यार्थीहरुलाई मोटिभेसनल मन्तव्यका साथै कबिता वाचन गर्नुभयो। स्कुल कलेजहरुले आजभोलि विभिन्न कार्यक्रममा ठुल्ठुला सेलिब्रेटीहरु बोलाउने चलन रहेको प्रती इङ्कित गर्दै कवि पराजुलीले आफुलाई बोलाएर कलाको सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो। ठुलो सेलेब्रेटीहरु बोलाउने चलन हटाएर सामान्य कवि बोलाउने कुराले आजको युगमा हरेक कलामा समर्पित भएका मानिसले समेत सम्मानका साथ जीवन निर्वाह गर्न सक्छन भन्ने कुराको पुष्टि हुन्छ । उहाँले भन्नुभयो, अब देखि विद्यार्थीहरु समेत आफुलाई रुचि भएको बिषयमा गहिरो अध्यायन गरि ज्ञान हासिल गर्दै कुनै एक बिषयमा बिज्ञ् बन्न सक्ने धारणा ब्यक्त गर्नुभयो।

    20230804_093357.jpg

    कवि पराजुलीले विद्यार्थीहरुलाई एउटा कबिता समेत बाचन गर्दै आमा प्रतिको सम्मान र सपना पूरागर्नका लागि अनुशाशित भएर मिहेनत गर्नुपर्ने भाव सहित उत्प्रेरित गर्नुभयो। उहाँले आजको विद्यार्थीहरु भोलिको समाजको ऐना हो भन्दै आफ्नो भाषा र संस्कृतिलाई बचाउदै अगाडि बढ्नुपर्ने दायित्व भएको बताउनु भयो।

    कार्यक्रममा कलेजका ११ र १२ का कोर्डिनेटर राजन श्रेष्ठले विद्यार्थीहरुले पढ्नुपर्ने बिषयमा र कलेजले आयोजना गरेको ECA तथा CCA कार्यक्रमका साथै उनिहरुले पालना गर्नुपर्ने अनुशासन बारे अभिमुखिकरण गर्नुभयो।

    IMG-20230804-WA0021.jpg

    कार्यक्रममा कलेजका फाउन्डर प्रिन्सिपल मनोज थापामगरले विद्यार्थीहरुलाई महत्त्वपूर्ण भनाइ राख्दै कार्यक्रम समापन गर्नुभयो। प्रिन्सिपल थापाले शिक्षाले देशलाई माया गर्ने नागरिक उत्पादन गर्न सक्नुपर्ने भन्दै काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले त्यो कुरा अनुभुत हुनेगरि सिक्ने र सिकाउने कार्यमा निरन्तर लागिपर्ने बताउनुभयो।

    20230804_103847.jpg

    आजभोलिका विद्यार्थीहरुको सपना नै बिदेश पलायन भएर जाने भयावह स्थिती आएको भन्दै आफ्नै देशमा श्रम गर्दै देशमै उद्धम गर्न विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुभयो। उहाँले मिहेनत र उद्धम गरे हाम्रै देशमा जन्म दिने आमाबाबु र परिवार संगै बसेर खुसी पुर्वक जीवन निर्वाह गर्न सक्ने बताउनुभयो। त्यसैगरी उहाँले पढेर असल मानीस बन्न सिक्नुपर्छ। सबैभन्दा ठूलो सफलता त्यही हो, भन्दै विद्यार्थीहरुले विभिन्न भाषा, धर्म संस्कृतीको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

    20230804_080046.jpg

    एक अर्को प्रसंगमा प्रिन्सिपल थापाले "कक्षा १० पुरा हुनुनै जिवनको अन्तिम सफलता नभई बरु सुरुवात भएको र यो भन्दा कठिन मिहेनत गर्दै सपनाको गन्तव्यमा पुग्न धैर्यता, र साहसि भएर अगाडि बढ्नुपर्ने बताउनुभयो। पढ्न अनुशासन चाहिन्छ, विद्यार्थीहरुले अनुशासन पालना गर्नुपर्छ , हामी आफ्नो होइन विद्यार्थीहरुको सपना पूरा गर्न लागि परेका छौ।" भन्दै गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिन कुनै सम्झौता नगर्ने धारणा ब्यक्त गर्नुभयो।

    20230804_101157 (1).jpg

    कार्यक्रमको अन्तिम तथा अनौपचारिक सेसनमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरेका थिए। काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले साउन २२ गते बाट कक्षा ११ को पढाइ शुरु गर्ने भएको छ।

     

    images
    शुक्रवार, श्रावण १९ २०८०१०:१९:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार