Jul 27 2026 | २०८३, श्रावण ११ गते

अथर्व बिजनेस कलेजको १०औं वार्षिकोत्सब भब्यरुपमा सम्पन्न।

अथर्व बिजनेस कलेजको १०औं वार्षिकोत्सब भब्यरुपमा सम्पन्न।

  • 2.6K
    SHARES

  • अथर्व बिजनेस कलेजको १०औं वार्षिकोत्सब भब्यरुपमा सम्पन्न।

    साउन, २५ काठमाडौ । अथर्व बिजनेस कलेज (ABC) ले स्थापना भएको १०औं वार्षिकोत्सब कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ। पोखरा बिश्वबिद्धालयद्वारा सम्बन्धन प्राप्त देशकै प्रतिष्ठित यस बिजनेस कलेजले बिहिबार साँझ भब्य कार्यक्रमका बिच १०औं वार्षिकोत्सबका अवसरमा ATHARVA EVE -२०८० भब्य रुपमा सम्पन्न गरेको हो।

    कार्यक्रम कलेजका अध्यक्ष तथा प्रिन्सिपल मनोज थापामगरको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा बिशेष अतिथिको रुपमा कलेजका डाइरेक्टर बटु कृष्ण थापा, समाजसेवि नारायन कृष्ण महर्जन, सोबित श्रेष्ठ, महेश पोख्रेल, कलेजका पुर्व प्रिन्सिपल डाक्टर हिरालाल श्रेष्ठ, पुर्व डाइरेक्टर राजेन्द्र प्रसाद उप्रेती, BBA र BHCM कोर्डिनेटर सुवास अधिकारी लगाएत कलेजका कोअर्डिनेटरहरु, विभिन्न बिभागिय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    दशौं बार्षिक उत्सवको अवसरमा आयोजित अथर्व EVE मा बोल्दै कलेजका अध्यक्ष तथा प्रिन्सिपल मनोज थापामगरले अथर्व कलेज कलेज मात्रै नभई बिजनेस कलेजको रुपमा स्थापित भएको बताउनुभयो। उहाँले विद्यार्थीहरु पढ्ने र प्रमाणपत्र लिएर जाने मात्रै नभै देशमा दक्ष रोजगारदाता र उद्धमी नेतृत्व उत्पादन गर्ने कलेजको रुपमा स्थापित रहेको बताउनुभयो।

    त्यसैगरी शुरु देखि कलेजलाई विभिन्न ढंगले सहयोग गर्ने फ्याकल्टी मेम्बर, शिक्षक र कर्मचारीहरुलाइ मनैदेखी सम्मान गर्दै उहाँहरुको सहयोग र योगदानले नै देशकै प्रतिष्ठित कलेजको रुपमा स्थापित भएको बताउनुभयो।

    कार्यक्रममा कलेजका पुर्व प्रिन्सिपल डाक्टर हिरालाल श्रेष्ठ र पुर्व डाइरेक्टर राजेन्द्र त्रिपाठिलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरेको थियो। सम्मान पछि कलेजका पुर्व प्रिन्सिपल डाक्टर हिरालाल श्रेष्ठले २०/२२ जना विद्यार्थीबाट पढाउन शुरु गरेको कलेजले आज देशकै प्रतिष्ठित कलेजको रुपमा स्थापित भएकोमा गर्व महशुस गरेको बताउनुभयो। उहाँले कलेजले आफ्नै पारिवारको रुपमा सम्मान गरेको भन्दै खुसिले भावबिहोल भएको समेत बताउनुभयो। पुर्व प्रिन्सिपल भएपनी आफु कलेजकै सदस्यको रुपामा आगामी भविष्यमा समेत कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्दै सकेको सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

    दशै बर्षगाठको अवसरमा ATHARVA: My Family My Pride भन्ने बिशेष नाराका साथ शुरुभएको ATHARVA- EVE २०८० कार्यक्रममा नेपालकै प्रतिष्ठित गायिका रचना रिमालको बिशेष प्रस्तुती रहेको थियो। कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य तथा गायनहरु मार्फत उपस्थित सबैलाइ मनोरञ्जन दिएको थियो।

    कार्यक्रम कलेजका मार्केटिङ हेड महेश घर्तीमगरले संचालन गर्नुभयो। भने BHM कोरर्डिनेटर सुनिता अर्यालले स्वागत मन्तव्य दिनुभयो।

    अथर्व बिजनेस कलेजमा हाल पोखरा बिश्वबिद्धालय अन्तर्गत ब्यबस्थापन बिषय BBA, BHM र BHCM पढाई हुने गर्छ। 

     

    images
    शुक्रवार, श्रावण २६ २०८०१०:०८:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार