Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा आयोगद्वारा सीटीईभीटीका स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण (शिक्षण संस्था र सिटसहित)

चिकित्सा शिक्षा आयोगद्वारा सीटीईभीटीका स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण (शिक्षण संस्था र सिटसहित)

  • 735
    SHARES

  • चिकित्सा शिक्षा आयोगद्वारा सीटीईभीटीका स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण (शिक्षण संस्था र सिटसहित)

    भदौ, २ काठमाडौ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण गरेको छ । आयोगले सातै प्रदेशका शिक्षण संस्थाका लागि सिट निधारण गरेको हो ।

    हाल सिटिइभिटी अन्तर्गत देशै भरि १९६ ओटा शिक्षण संस्था रहेका छन।

    सिटिइभिटिबाट सम्बन्धन/ स्वीकृति लिई डिप्लोमा/प्रमाणपत्र तहका स्वास्थ्य तर्फका कार्यक्रम संचालन गर्ने शिक्षण संस्थाहरुमा शैक्षिक सत्र २०८०–८१ का लागि प्रवेश परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परिषद्, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको मिति २०८० साउन ३२ को पत्रानुसार आयोगबाट सिट निर्धारण भएका शिक्षण संस्था र कार्यक्रमहरूमा मात्र भर्ना प्रक्रिया अघि बढाउनका लागि लेखी आएकोले सीटीईभीटीबाट भर्ना सम्बन्धी गत असार २८ गते र सोपछि विभिन्न मितिमा प्रकाशित सूचनामा उल्लेख भएका शिक्षण संस्थाहरूको नाम तथा कार्यक्रमलाई अद्यावधिक गरेको सूचनामार्फत जानकारी दिएको छ ।

    सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरूमा आवेदन फाराम भरेका आवेदकहरूले आफूलाई पायक पर्ने शिक्षण संस्थाहरूमा सीटीईभीटीको सर्तसहित २०८० भदौ ७ गते दिउँसो ३ बजे भित्रमा दर्ता गर्नुपर्ने छ।

    साथै सिट निर्धारण हुन नसकेका शिक्षण संस्था र कार्यक्रममा आवेदन दिएका आवेदकहरूलाई शिक्षण संस्था छनोट गर्न समय दिनुपर्ने भएकाले यसअघि कायम गरिएको डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य तर्फका सम्पूर्ण कार्यक्रमहरूका लागि २०८० भदौ ६ गते बिहान ८ बजे तोकिएकोमा उक्त प्रवेश परीक्षाहरू स्थगन गरी २०८० भदौ ९ गते शनिबार बिहान ८ बजेदेखि सञ्चालन गर्ने सुचनामा उल्लेख गरेको छ।

    त्यसैगरी अद्यावधिक सूचीमा नभएका शिक्षण संस्थाहरूमा आवेदन फाराम भरेका आवेदकहरूले परीक्षा नियन्त्रण कार्यालयमा राखेको फाराम (आवेदकको सिम्बल नम्बर इन्ट्री गरेपछि आवेदन फाराम प्रिन्ट गर्र्न  सकिने छ । प्रिन्ट गरी थप विवरण भरेर अद्यावधिक गरिएका शिक्षण संस्था, कार्यक्रम र वर्ग÷कोटा अनुसार दर्ता गराउनुपने सूचनामा उल्लेख छ ।

    फाराम साथ प्रवेश पत्रको प्रतिलिपि संलग्न राखी जुन कार्यक्रम र कोटाका लागि आवेदन फाराम भरेको हो सोही कार्यक्रममा अद्यावधिक भएका कुनै एक शिक्षण संस्था मात्र छनोट गरी दर्ता गर्नुपर्ने छ । एकभन्दा बढी शिक्षण संस्थामा निवेदन दर्ता भएको पाइएमा निवेदन स्वतः रद्द हुने सीटीईभीटीले जानकारी दियो । अद्यावधिक सूचीमा नभएका शिक्षण संस्थाका आवेदकले मात्र फाराम पेस गर्न सक्नेछन् ।

    अद्यावधिक सूचीमा नभएका शिक्षण संस्थाले आवेदकहरूलाई प्रवेश पत्र उपलब्ध गराउने र अद्यावधिक सूचीमा भएका शिक्षण संस्थाले आवेदन फाराम भर्न सहयोग गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    डिप्लोमा तथा प्रमाणपत्र तहका पूर्ण शुल्कीय तर्फको स्वास्थ्य बाहेकका अन्य सम्पूर्ण कार्यक्रमहरूको प्रवेश परीक्षा तोकिएकै मिति र समयमा हुने सीटीईभीटीले जानकारी दियो ।

    शिक्षण संस्थाको नाम र कोटासंख्या हेर्न तलको Link मा ल्किल गर्नुस।

    https://drive.google.com/file/d/1cAXBsGTR6miEkzDN3Pnuv3-D2GHuGDvt/view?usp=drivesdk

     

    यस्तो छ सूचना ।

    Screenshot_20230819-083858_Samsung Notes.jpgScreenshot_20230819-084749_Chrome.jpg

     

    images
    शनिवार, भाद्र २ २०८००९:२९:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार