Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रस्तावित संघीय शिक्षा ऐन सच्याएर मात्र सदनमा पेस हुने

प्रस्तावित संघीय शिक्षा ऐन सच्याएर मात्र सदनमा पेस हुने

  • 577
    SHARES

  • प्रस्तावित संघीय शिक्षा ऐन सच्याएर मात्र सदनमा पेस हुने

    भदौ, २ गते काठमाडौँ- मन्त्री परिषदबाट संसदमा पेस गर्ने भनिएको प्रस्तावित संघीय शिक्षा ऐन सच्च्याएर मात्रै सदनमा पेश हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहलले संघीय शिक्षा ऐन मन्त्री परिषदबाट पारित भएपनि केही विषय नमिलेको र विवादित देखिएकाले त्यसलाई सच्याएर मात्र संसदमा पेस गर्ने बताएका हुन्।

     संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाती थियो, त्यसलाई अन्तिम रुप दिइँदै छ र क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेसन आएको देखेपछि त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया सुरु भएको प्रधानमन्त्री दाहालले बताउनुभयो।

    उहाँले सरकार नयाँ संकल्पसहित नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा अघि बढेकाे भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेकोमा जाेड दिनुभयो । अहिले हामी एउटा नयाँ संकल्पसहित नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौं।, सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो कि भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन। स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान छ प्रम दाहालले बताउनुभयो।

    त्यसैगरी प्रधानमन्त्री दाहालले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको दाबी गर्नुभयो। ‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने म आफैंले एउटा नयाँ संकल्प लिएको विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहाललेभन्नुभयो, ‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ यसलाइ रोक्न मन्त्रालय र आफू लागिपरेको बताउनुभयो।

    त्यसैगरी उहाँले विभिन्न मागराखेर आन्दोलनरत बिद्यालय कर्मचारी, शिक्षकहरुका कुरा र नीजी विद्यालय सञ्चालकका केही विषयहरु पनि सम्बोधन गर्न लागेको बताउनुभयो।’

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार