Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा

  • 1.5K
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा

    भदौ, ५ गते काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको भर्नाको लागि आवेदन फारम खुलेको छ। बिश्वबिद्धालयले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि प्रवेश परीक्षा फारम खुला गरेको हो ।

    बिश्वबिद्धालयले एक सूचना जारी गर्दै इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको छ।

    कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री, म्याथ (कम्प्युटर इन्जिनियरिङका लागि कम्प्युटर) लिई प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड, २.० सीजीपीए वा सो सरहको तहमा ४५ प्रतिशत भन्दा बढी प्राप्त गरी उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

    आवेदन दिन इच्छुक विद्यार्थीले बिश्वबिद्धालयको वेबसाईट www.pufoe.edu.np http://entramce.puexam.edu.np मा Click गरी फारम भर्नसक्ने छन। परीक्षा केन्द्रहरू भने अर्को सूचनामा प्रकाशन गर्ने विश्वविद्यालयले जनाएकाे छ । 

    यस सङ्कायले कम्प्युटर इन्जिनियिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्प्युनिक्सन एन्ड अटोमेसन इन्जिनियरिङ जस्ता कोर्ष सञ्चालन गरिरहेको छ ।

    हेर्नुहोस् सूचना

    Screenshot_20230821-225440_Chrome.jpg

     

    images
    मंगलवार, भाद्र ५ २०८००७:३०:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार