आइतवार, भाद्र १७ २०८०
भदौ, १७ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको नियमित र मौका परिक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । भदौं २२ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षाहरू सञ्चालनका लागि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो ।
सिटिइभिटी अन्तर्गत प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरिएको जनाएको छ । साथै साउन ९ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम प्रि– डिप्लोमा तहका नियमित प्रशिक्षार्थीहरूको तोकिएको मितिभित्र रीतपूर्वकको परीक्षा आवेदन फाराम बुझाएका प्रशिक्षार्थीहरूको साउन २३ गते प्रकाशित परीक्षा तालिका बमोजिमका सम्पूर्ण परीक्षाहरूको भदौं २२ गते सञ्चालन हुनेछन।
त्यसैगरी सिटिइभिटीका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरू र विशेष छात्रवृत्ति कार्यक्रमतर्फ डिप्लोमा तथा प्रमाणपत्र तह नियमित अध्ययन गरी तेस्रो वर्ष दोस्रो खण्डमा मात्र कुनै एक विषयको सैद्धान्तिक परीक्षा अनुत्तीर्ण भएका प्रशिक्षार्थीहरूको सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत रीतपूर्वकको आवेदन फाराम भरेका परीक्षार्थीहरुका लागि एक विषयको मौका परीक्षाको परीक्षा तालिका समेत सार्वजनिक गरेको छ।
एक विषयको मौका (आंशिक) परीक्षा असोज ६ गते बिहान ७ः०० बजेदेखि काठमाडौँ उपत्यकामा सञ्चालन गरिने जनाएको छ ।
परीक्षा केन्द्रको विस्तृत विवरण https://itms.ctevt.org.np:5580/ मा राखिएको छ ।