सोमवार, माघ २६ २०७७
शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका निर्माण गरी समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमति पत्र लिएर बसेका लाखौ विद्यार्थी अन्यौलमा परेका छन् ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तरगत संबैधानिक निकाएमा पदपूर्ति नहुदा र तथ्यांक पठाउने समयसीमा ऐन नियमावलीमा स्पष्ट किटान नहुँदा यो अवस्था आएको हो ।
आयोगका अनुसार हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएका छन् । जसमध्य केहिले भने स्थाई पदपूर्तिमा नाम निकाली सकेकाछन ।
जसमध्य प्राथमिक तहअन्तर्गत २ लाख दुई हजार ७१२, निम्न माध्यामिक तहअन्तर्गत ३ लाख ७० हजार १२ र माध्यामिक तहअन्तर्गत एक लाख ४४ हजार ३८१ जनाले अध्यापन अनुमति पत्र प्राप्त गरेको आयोगले जनाएको छ ।