मंगलवार, आश्विन २ २०८०
असोज, २ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (इटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहको परिक्षा फारम भर्ने बारे सूचना जारी गरेकोछ।
परिषदका आंगिक, साझेदारी, सामुदायिक बिद्यालय र निजि स्तरमा संचालित शिक्षण संस्थाहरुमा प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रोडियोग्राफी, हिमियोप्याथी, सामान्य चिकित्सा, आयुर्वेद, अकुपेञ्चर, डेन्टल साइन्स, अफ्थामिल्क साइन्स, कृषि (बाली बिज्ञान र पशु बिज्ञान) फार्मेसी, फिजियोथेरापी, योग एन्ड नेचुरोपेथी कार्यक्रमको प्रथम, दोस्रो र तेस्रो बर्षको नियमित तथा दोस्रो र तेस्रो बर्षको आंसिक तर्फका परीक्षा फारम भर्न जानकारी दिएको छ।
त्यसैगरी डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरु, होटेल मेनेहमेन्ट इन इन्जिनियरिङ, होटेल मेनेजमेन्ट, फूड एन्ड डेरि टेक्नोलोजी, सोसियल वर्क, इन्टरपेनरशिप डिप्लोमेन्ट, र कृषि (बाली, पशु बिज्ञान) प्रथम बर्ष दोस्रो खण्डको नियमित तथा आंसिक परीक्षा हरु मंसिरभित्र हुने भएकोले परिक्षा फारम भर्न अनुरोध गरेको छ।
परिक्षा आवेदन फारम २०८० कार्तिक १ गते भित्र बुझाइ सक्नुपर्ने छ।

