शुक्रवार, आश्विन ५ २०८०
असोज,५ काठमाडौ । नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनरत शिक्षकहरुले आज (शुक्रबार) तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

आन्दोलनको तेस्रोदिन आज समेत उत्साह, जोस अनि माग पूराहुने आसा मरेको छैन। कहिले सडकमा नदेखिने शिक्षक यस पटक भने माग पूरा नहुन्जेल काठमाडौबाट नजाने सोचमा छन। जिवनभरि अरुकै भविस्यको बारे सोच्नुपर्ने शिक्षक अहिले आफ्नै भविष्यको लागि सडकमा आएका छन।

चारैतिर समर्थन र बिरोध एकातिर छ, तर आफ्नै ब्यबस्थापनको सहारामा गाउगाउ र जिल्ला जिल्लाबाट आएका शिक्षकहरु आज तेस्रो दिन उपस्थिति झन बढेको छ। प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान समेत गरेका छन् ।

कैयौं महानगर, नगर र गाउपालिकाले बिद्यालय बन्द गरे कार्बाही गर्ने, जारिर खाइदिने सम्मको धम्की समेत दिएका छन तर राज्य समक्ष आफुले राखेको मागहरु बाट डगमगाएका छैनन्।

विद्यालय शिक्षा विधेयक २०८० को विरोधमा आन्दोलनरत शिक्षकहरुको यही असोज ३ गतेदेखि आन्दोलन सुरु गरेका थिए। संसदमा दर्ता भएको उक्त विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।


