मंगलवार, आश्विन ९ २०८०
असोज, ९ गते काठमाडौ । पोखरा बिश्वबिद्धालयले स्नातक तह छात्रवृत्तिको योग्यताक्रम सूचि प्रकाशित गरेको छ। बिश्वबिद्धालयले स्नातक तह छात्रवृत्तिको योग्यताक्रम शुचि (Marit List) प्रकाशित गरेको हो।
पोखरा बिश्वबिद्धालयले छात्रवृत्ति छनोट समिती २०८० बाट बिश्वबिद्धालयको बिज्ञान तथा प्रबिधि संकाय समूह (क) र (ख) त्यस्तै ब्यबस्थापन संकाय तथा मानविकी तथा सामाजिकशास्त्र संकाय समूह (क), (ख) र (ग) को मिति २०८० असोज ८ गतेसम्म पेस गर्न दिइएको समय भित्र ट्रान्स्किप्ट र च्यारेक्टर सर्टिफिकेट पेश गरेका उमेदवारहरु मध्यवाट योग्यताक्रम सुची (Marit List) प्रकाशित गरेको सुचनामा उल्लेख छ।
योग्यताक्रम सुचीमा परेका विद्यार्थीहरुले २०८० असोज १६ गते सम्म आफुले अध्ययन गर्ने शैक्षिक संस्थामा र शैक्षिक कार्यक्रमहरुको विवरण बिश्वबिद्धालय छात्रवृत्ति नियमावली २०६५ को अनुशुचि (४) संग सम्बन्धित अनलाइन फारम भर्न जानकारी गरेको छ।

यस्तो छ योग्यता क्रम सुची ।















