मंगलवार, आश्विन ३० २०८०
असोज, ३० ग्क्ते धनगढी । कैलालीको गेटामा निर्माण भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बन्ने भएको छ। संसदको चालु अधिवेशनमा राष्ट्रिय सभामा गत असोज १९ गते राष्ट्रिय सभामा विधेयक दर्ता भएकोमा असोज २६ गते सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सैद्धान्तिक छलफलपछि सर्वसम्तीले दफवार छलफलका लागि स्वीकृत गरेको थियो।
राष्ट्रिय सभाको अधिवेशनमा गेटा मेडिकल कलेजको निर्माधीन तथा निर्मित भवनमा केन्द्रिय कार्यलय रहनेगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्नेगरी विधेयक प्रस्तुत गरिएको छ ।
चकित्सा शिक्षा सञ्चालन गर्ने संस्था वा प्रतिष्ठानलाई एकीकृत गर्ने लक्ष्य सहित सो विधेयक संसदमा प्रस्तुत गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बताउनुभयो।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा अन्य पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था विधेयकमा समेटिएको छ । विधेयकको यो व्यवस्था सर्वसम्मतले पारित भएमा विश्वविद्यालयमा नयाँ अभ्यास सुरु हुने छ । ‘विश्वविद्यालय सभाको सदस्यको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति रहने छ ।’ विधेयकमा लेखिएको छ, ‘उक्त समितिले खुला स्पर्धाका लागि आह्वान गर्ने र परेको आवेदनमध्येबाट बढीमा सात र कम्तीमा तीन जना उम्मेदवारको सङ्क्षिप्त सूची तयार गरी त्यस्ता उम्मेदवारको अन्तर्वार्ता लिने ।’
प्रतिष्ठानमा सहकुलपति स्वास्थ्यमन्त्री रहने विधेयकमा व्यवस्था छ । विश्वविद्यालयमा शिक्षामन्त्री सहकुलपति रहने प्रस्ताव गरिएको छ । मन्त्रिपरिषद् बैठकले गत माघमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
