Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुल्यो। (बिज्ञापन सहित)

नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुल्यो। (बिज्ञापन सहित)

  • 2.1K
    SHARES

  • नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुल्यो। (बिज्ञापन सहित)

    कार्तिक, २४ काठमाडौ । नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुला गरेको छ। प्राधिकरणले लोक सेवा आयोग द्वारा लिइने खुला प्रतियितात्मक लिखित परिक्षाद्वारा स्थाइ पदपुर्ती गर्न विभिन्न पदहरुमा बिज्ञापन खुला गरेको हो।

    प्राधिकरणले दशौं तह अन्तर्गत प्रशासन तर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ।

    त्यसैगरी प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

    तोकिएको न्युनतम योग्यता पुगेका उमेदवारहरुले मिति २०८० मंसिर १४ गते सम्म नियमित र सोही मंसिर २१ गते सम्म दोब्बर दस्तुर तिरी नेपाल विद्युत प्राधिकरणको वेबसाइट recruitment.nea.org.np मा रजिस्ट्रर गरि अनलाइन एप्लिकेसन मार्फत आवेदन दिनुपर्ने छ।

    दर्खास्त दिने उमेदवारहरुको उमेर १८ बर्ष ओउरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने छ।

    लिखित परिक्षाको मिति लोक सेवा आयोगबाट लिखित परिक्षाको कार्यक्रम कार्यक्रम तय भए पश्चात् प्रकाशन गरिने सुचनामा उल्लेख छ।

    FB_IMG_1699578407058.jpgFB_IMG_1699578408779.jpgFB_IMG_1699578410402.jpgFB_IMG_1699578413156.jpg

    images
    शुक्रवार, कार्तिक २४ २०८००७:५३:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार