शुक्रवार, कार्तिक २४ २०८०
कार्तिक, २४ गते काठमाडौ । चिकित्सा सिक्षा आयोग परीक्षा निर्देशनालयले एमबिबिएस (MBBS) र बिडिएस (BDS) को प्रवेश परिक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले शैक्षिक शत्र २०८०/८१ मा चिकित्सा शिक्षा स्नातक तह(MECEE-BL. 2024) भर्नाको लागि विद्यार्थी छनौट गर्न २०८० कार्तिक १८ र १९ गते संचालन गरेको MBBS र BDS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परिक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले २ हजार ६८२ जना विद्यार्थीको नाम निकालेको छ । उनीहरूले एमबीबीएस र बीडीएस पढ्न पाउनेछन् । त्यसमा निश्चित अंक ल्याउने विद्यार्थीले पूर्ण छात्रवृत्तिमा र बाँकीले शुल्क तिरेर पढ्न पाउनेछन् ।
विद्यार्थीहरूले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सकिने आयोगले जनाएको छ । उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्न पत्र सेटको बबल नभरेका तथा बबल गलत भरेका उम्मेदवारको उत्तर पुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।
त्यसैगरी नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा १ हजार दस्तुर तिरेर मंसिर १ गतेदेखि ५ गतेसम्म आवेदन दिन सकिने सुचनामा उल्ल्केह छ ।
आयोगले प्रकाशित गरेको नतिजामा कुनै पनि आरक्षण समूहभित्र परेका उम्मेदवारको विरुद्धमा दावीविरोध गर्न चाहेमा प्रमाणसहित पुनर्योगको लागि तोकिएको समयभित्र निवेदन दिन सकिनेछ । झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बेला पनि रद्द गर्न सकिने आयोगले जनाएको छ । प्राथमिकता क्रम निर्धारण तथा म्याचिङसम्बन्धी सूचना पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुस ।