शनिवार, मंसिर २ २०८०
मंसिर, २ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा M.Ed.र MSSED कार्यक्रममा भर्ना खुलेको छ। शैक्षिकसत्र २०८०/८१ को लागि सेमेस्टर प्रणालीको आधारमा पढाई हुने उक्त कार्यक्रमका पागी भर्ना खुलेको हो।
भर्नाको लागि २०८० मंसिर २५ गते सम्म आवेदन फारम भर्न सकिने छ। भने मंसिर २९ गते शुक्रबार दिउँसो १ बजे प्रवेश परीक्षा संचालन हुने सुचनामा उल्लेख छ। प्रवेश परिक्षाको नतिजा पुस ४ गते सार्वजनिक हुनेछ। साथै पुस ५ देखि १० गते सम्म भर्ना कार्यक्रम संचालन हुने छ । सथै पुस ११ गते देखि उक्त कार्यक्रमको पठनपाठन संचालन हुने छ।
प्रवेश परिक्षाको लागि आवेदन फारम भर्न www.tufoe.edu.np मा रहेको अनलाइन फारम वा www.entrance.tufoe.edu.np मा गएर इन्ट्रान्स रजिस्त्रेसन नार्फत फारम भर्न सकिने छ।
