Jul 27 2026 | २०८३, श्रावण ११ गते

सेफले आयोजना गरेको अन्तर-बिद्यालय नृत्य प्रतियोगितामा इलेन मेमोरियल प्रथम

सेफले आयोजना गरेको अन्तर-बिद्यालय नृत्य प्रतियोगितामा इलेन मेमोरियल प्रथम

  • 656
    SHARES

  • सेफले आयोजना गरेको अन्तर-बिद्यालय नृत्य प्रतियोगितामा इलेन मेमोरियल प्रथम

    मंसिर, २८ काठमाडौ । सिर्जनशील शिक्षा उद्यमी मञ्च (Creative Education Entrepreneurs Forum /CEEF) (सेफ)ले आयोजना गरेको अन्तर-बिद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। सेफले आयोजना गरेको दोस्रो अन्तर-बिद्यालय नृत्य प्रतियोगीतामा नागार्जुन ५ सितापाइलामा अवस्थित इलेन मेमोरियल स्कुलले प्रथम स्थान हासिल गरेको छ।

    20210306201029_IMG_0067.JPG

    प्रतियोगितामा सेफसंग आबद्ध २५ बिद्यालयमध्य १६ बिद्यालयहरु सहभागी रहेका थिए। उक्त प्रतियोगितामा बुद्धज्योती एकेडेमी दोस्रो स्थान, रेडियन्ट स्कुल तेस्रो स्थान, फ्युचरस्टार इङ्लिस स्कुल चौथो स्थान र जनज्योति इङ्लिस सेकेन्डरी स्कुलले पँचौ स्थान हात पारे। नृत्य प्रतियोगितामा ट्रफि, मेडल र प्रमाणपत्र सहित स्थान हासिलगर्ने बिद्यालयलयलाई रु. २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार, चौथो र पाँचौं स्थान हासिल गर्नेलाई प्रोत्साहन स्वरुप ५/५ हजार नगद बितरण गरिएको थियो।

    20210306190239_IMG_0005.JPG

    नृत्य प्रतियोगिता सेफका अध्यक्ष तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद आचार्य सभापति तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष इश्वर बहादुर गुरुङ प्रमुख अतिथिको रुपमा रहनुभयो। त्यसैगरी प्याब्सनका केन्द्रिय सचीव पुरुसोत्तम अधिकारी, प्याब्सन प्रदेश सह-सचिव जीवन पन्त, प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष प्रेम राई, जिल्ला सहकोषाध्यक्ष डिएन अधिकारी, सेफका उपाध्यक्ष ऋषि प्रसाद न्यौपाने, सेफका कोषाध्यक्ष राजेन्द्र अधिकारी, इआइसीका कार्यकारी निर्देशक राम प्रसाद पौडेल, इलेन मेमोरिलय स्कुलका प्राचार्य जयराम चापागाईं, इआइसीका प्राचार्य केबि चित्रकार, नेशनल प्याब्सनका केन्द्रिय सदस्य मनोज श्रेष्ठ, लगाएत बिभिन्म स्कुल/कलेजका प्राचार्य, शिक्षकहरु अतिथिको रुपमा सहभागी थिए ।

    20210306190057_IMG_9994.JPG

    उक्त प्रतियोगितामा जजको रुपमा पद्मकन्या बहुमुखी क्याम्पसमा बिगत २० बर्ष देखि नृत्य सिकाइरहनुभएका नृत्य शिक्षक अर्चना शाक्य , नृत्य शिक्षक सुलोचना गोपालि रहनु भएको थियो।

    नृत्य प्रतियोगिताको औपचारिक कार्यक्रममा जुबिलियन्ट कलेजका प्राचार्य तथा सेफका उपाध्यक्ष ऋषि न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको । उहाँले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न, हाम्रो संस्कृतिको जगेर्ना गर्न र नयाँ कुराको सिर्जना गर्न नृत्य प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

    20210306171324_IMG_9700.JPG

    मन्तव्यको क्रममा प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष प्रेम कुमार राईले विद्यार्थीहरुको ब्यक्तित्व बिकास गर्न, उनीहरुसंग भएका प्रतिभाहरुलाई प्रस्फुटन गर्न र अझ बढी स्पात बनाउन नृत्य प्रतियोगिताले सघाउ पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। साथै यस्तो किसिमको कार्यक्रमले विद्यार्थीहरुले आफ्नो क्षमता र कला चिन्ने अवसर मिलेको बताउनुभयो। त्यस्तै नृत्य प्रतियोगिताले आफ्नो कलाको माध्यमबाट जीवन निर्बाह गर्न सकिन्छ भन्ने भाव पैदा हुने बताउनुभयो। संस्थागत बिद्यालयले अंग्रेजी पढाउने मात्रै होइन चौतर्फी बिकासको लागि र देशको संस्कृति जगेर्ना गर्नको लागि महत्त्वपूर्ण भुमिका खेलेको उहाँले बताउनुभयो ।

    20210306190419_IMG_0012.JPG

    मन्तव्यको क्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य मनोज श्रेष्ठले नेपाली बिबिध मौलिक संस्कृति र संस्कारलाई संचार गरेर देशको भविस्यलाई उजागर गरेको बताउनुभयो।

    20210306192350_IMG_0018.JPG

    मन्तव्यकै क्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष, आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति गोपाल प्रसाद आचार्यले सेफ (CEEF)को बारे छोटकरीमा जानकारी दिनुभयो। कोरोना कालमा अत्यन्तै कठिन परिस्थितिको बेला विद्यार्थीहरु र विद्यालयहरु अन्यौला परेपछी, बिद्यालयहरुले तलब कसरी दिने, शिक्षण संस्थामा भएका समस्या कसरी समाधान गर्ने भन्ने उदेश्यले शिक्षण सिकाइलाई कसरी अघि बढाउन सकिन्छ भन्ने ढंगले छलफल गरेर आसपासका बिद्यालयहरु मिलेर 'सिर्जनशील शिक्षा उद्यमी मञ्च' गठन गरेको बताउनुभयो। यसले शिक्षक संग सम्बन्धी बिषयगत ट्रेनिङहरु र विद्यार्थी केन्दृत विभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँले बताउनुभयो।

    20210306192726_IMG_0021.JPG

    त्यस्तै उहाँले हाम्रो देशको जातजाती, भाषा, सँस्कृतीहरुको जगेर्ना गर्ने नृत्य प्रतियोगिताको मुख्य उदेश्य रहेको बताउनुभयो। संसारमा नेपालको अस्तित्व रहुन्जेल हाम्रो संस्कृतिलाई स्थापित गर्नुपर्छ। निजि बिद्यालयहरुले संस्कृतिलाई जगेर्ना गर्छ,। खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुलाइ चिनाउछ भन्ने संदेस दिन खोजेका छौ, उहाँले भन्नुभयो।

    20210306200719_IMG_0061.JPG

    उक्त प्रतियोगितामा २० वटा बिद्यालयका विद्यार्थीहरु रजिस्ट्रर भएका तर केही विद्यार्थीहरु बिरामी परेका कारण १६ वटा बिद्यालयहरु सहभागी भएको जानकारी दिनुभयो।

    मन्तव्यको क्रममा प्रमुख अतिथि प्याब्सनका उपाध्यक्ष इश्वर बहादुर गुरुङले नृत्य प्रतियोगिताले हाम्रो भेसभुसा, पहिचानको जगेर्ना गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। उहाँले संसारभरी बहुसंस्कृतिहरुको रुपमा स्थापित हाम्रा भेसभुषाहरु अत्यन्तै फरक र आकर्षकछन। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो भन्दै संस्कृति र कला भाबी सन्ततिहरुलाई हस्तान्तरण गर्दै हार्म्रो सांस्कृतिकलाई बचाइराख्न हामिले यस्ता कार्यक्रमहरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै हामी आधुनिकता हुनुपर्छ तर हाम्रो सभ्यता, संस्कृति र भाषाहरु बिर्सिन नहुने बताउनुभयो।

    20210306194257_IMG_0023.JPGकार्यक्रम सेफका सचिव सुर्य बहादुर केसिले संचालन गर्नुभयो ।

    20210306165429_IMG_9671.JPG20210306203406_IMG_0108.JPG20210306201659_IMG_0085.JPG20210306201502_IMG_0081.JPG20210306201255_IMG_0075.JPG20210306201133_IMG_0070.JPG20210306185438_IMG_9978.JPG20210306184901_IMG_9953.JPG20210306184105_IMG_9927.JPG20210306183831_IMG_9921.JPG20210306183543_IMG_9906.JPG20210306182648_IMG_9880.JPG20210306182104_IMG_9867.JPG20210306181801_IMG_9851.JPG20210306181224_IMG_9828.JPG20210306180947_IMG_9809.JPG20210306180146_IMG_9786.JPG20210306175955_IMG_9782.JPG20210306174831_IMG_9754.JPG20210306175136_IMG_9758.JPG

    20210306172605_IMG_9707.JPG20210306172507_IMG_9706.JPG

    images
    बिहिवार, मंसिर २८ २०८००८:५२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार