Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटी

सम्बन्धनमा आर्थिक लेनदेन भएको भन्दै क्रान्तिकारीले सिटिइभिटीलाई बुझायो ज्ञापनपत्र ।

सम्बन्धनमा आर्थिक लेनदेन भएको भन्दै क्रान्तिकारीले सिटिइभिटीलाई बुझायो ज्ञापनपत्र ।

  • 495
    SHARES

  • सम्बन्धनमा आर्थिक लेनदेन भएको भन्दै क्रान्तिकारीले सिटिइभिटीलाई बुझायो ज्ञापनपत्र ।

    माघ, १ गते काठमाडौं । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) मा सम्बन्धनको नाममा आर्थिक लेनदेन गरेको भन्दै अनेरास्ववियू (क्रान्तिकारी)ले ज्ञापनपत्र बुझाएको छ। क्रान्तिकारीले दुई बुदे माग सहित परिषलाई ज्ञापनपत्र बुझाएको हो।

    FB_IMG_1705235236613.jpg

    परिषदको, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले १०० बेडको आफ्नै अस्पताल भएको इच्छुक अस्पताल/शिक्षण संस्थाले श्रावण १ देखि मंसिर मसान्तसम्म जुनसुकै समय ३ वर्षे स्वास्थ्य सम्बन्धि प्रमाण-पत्र तहको तालिम सञ्चालनका लागि आवेदन दिन सक्ने भनी २०८० असोज ३० को दिन १९७ औं वैठकले निर्णय गरेको भएपनि बदनियतपूर्ण ढंगले मात्र एक हप्ताको समय दिएर २०८० मंसिर २३ गते सुचना जारी गरिएको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ।

    ज्ञापनपत्रमा सम्बन्धन प्रक्रियाका लागि केही परिषद कै कर्मचारी र कलेजहरुको मालिकसँगको मिलेमतोमा व्यापक आर्थिक चलखेल समेत भएको भन्ने व्यापक जनगुनासो र CTEVT बदनाम भइरहेको भन्दै संगठनले कडा आलोचना गरेको छ।

    सिटिईभिटी भित्र सम्बन्धन र परिक्षाको नाममा थुप्रै खालका अनियमितता र विकृतिहरु देखिएका छन् ।, ज्ञानपत्रमा भनिएको छ,"केही समय अघिमात्र परिषदको मधेश प्रदेशमा विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिमा गडबडी गरिएको, entrance को रिजल्ट Website मा नराखिएको, कर्मचारी र सिराहाको मिर्चैया नर्सिङ कलेज र महोत्तरीको शुभस्वस्तिक टेक्निकल कलेजको मिलेमतोमा विद्यार्थीसँग विभित्र नाममा अनुचित प्रकारले शुल्क लिइएको लगायतका बदमासीले CTEVT को विश्वसनीयता माथि नै प्रश्नउठ्न थालेको छ । यसको समाधान गरियोस्। अन्यथा संगठन चरणवद्ध कडा सङ्घर्षमा जाने कुरा जानकारी गराउँदछौं। ”

    यस्तो छन मागहरू :-

    १. डिप्लोमामा तहको मुख्यत निर्सिङ, फार्मेसी र एचए लगायतका स्वास्थ कार्यक्रमको सम्बन्धन बदनियतपुर्ण ढङ्गले आर्थिक चलखेलका आधारमा दिन खोजिएकोले उक्त सम्बन्धन प्रक्रिया तत्काल रोक्नुका साथै उचित छानबिन गरि आर्थिक चलखेलमा संलग्न कर्मचारी तथा कलेजहरुलाई कार्बाही गरियोस् ।

    २. सिटिईभिटीको प्रदेश नं. २ मा बदमासी गर्ने कलेजहरुको सम्बन्धन खारेज गरियोस् । र त्यसमा संलग्न परिषदको कर्मचारीहरलाई कडा भन्दा कडा कारबाही गरियोस् । उक्त घटनामा पिडित विद्यार्थीलाई न्याय प्रदान गरियोस् । क्रान्तिकारी अभिवादन सहित

    FB_IMG_1705235208594.jpg

    images
    सोमवार, माघ १ २०८००२:३६:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार