सोमवार, माघ १ २०८०
माघ, १ गते काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । मेयरले शिक्षक कर्मचारी र चिकित्सकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउदै सोमबार तालाबन्दी गरेका हुन्।
तालाबन्दी गरेसी मेयर साम्पाङले सामाजिक संजालमा शिक्षक, कर्मचारी र चिकित्सकहरुको न्यायोचित माग ढिलो नगरी निकास दिन भनेका छन। ‘न्यायोचित माग राखेर आन्दोलन गरिरहेका डा. शिक्षक र कर्मचारीहरुको माग तत्काल पूरा गरी स्थिति सुधारमा नगए अवस्था झन् बिग्रने देखिन्छ ! सम्बन्धित निकायले ध्यान देवोस,’ मेयर साम्पाङले भनेका छन् ।
साथै मेयर साम्पाङले आफूले लगाएको ताला कसैलाई नखोल्न चेतावनी दिएका छन् । उनले आवश्यक परे आफैँ खोल्ने बताएका छन् ।
मेयर साम्पाङले न्यायोचित माग पूरा गर्न नसके उपकुलपतिलाई राजिनामा दिन भन्दै अन्यथा घिसारेर निकाल्ने बताएका छन्। बि.पि. अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है,’ उनको चेतावनी छ ।