मंगलवार, माघ २ २०८०
माघ, २ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले माघ १५ गते देखि ट्रान्स्किप्टको लागी अनलाइन फारम भर्न मिल्ने व्यवस्था गर्ने भएको छ। परिक्षा नियन्त्रण कार्यलय बल्खुले एक सूचना प्रकाशित गर्दै ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो।
परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयले Transcrit, Provisional, Orginal/Convocation Certificate, Migration, Correction, Marksheet, Retotaling लगायत डकुमेण्ट पेस (Apply) गर्न अनलाइन आवेदन दिन सकिने सुचनामा जानकारी दिएको छ। साथै यसको निमित्त अनलाइन माध्यमबाट भुक्तानी (Online e-payment) को व्यवस्था सुरु गर्ने बताइएको छ।
विश्वविद्यालयले सो को कार्यान्वयन विधि सहित विस्तृत जानकारी विश्वविद्यालयको www.tuexam.edu.np मा यही माघ १० गतेका दिन प्रविष्ट गर्ने जानकारी दिएको छ।
