Oct 02 2026 | २०८३, आश्विन १६ गते

२०५८ यता सैद्धान्तिक पत्र सकेका थेसिस बुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका ।

२०५८ यता सैद्धान्तिक पत्र सकेका थेसिस बुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका ।

  • 582
    SHARES

  • २०५८ यता सैद्धान्तिक पत्र सकेका थेसिस बुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका ।

    माघ, ४ गते काठमाडौ । सैद्धान्तिक पत्र सकेका थेसिस वा प्रयोगात्मक पेपर बाकी रहेका २०५८ साल देखी बाकी विद्यार्थीहरुको लागि एक पटकको लागि अन्तिम मौका दिएको छ।

    त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र मानविकी तथा समाजशास्त्र संकायमा स्नातकोत्तर तह र एम.फिल. तहको सैद्धान्तिक परीक्षा पास गरिसकेका विद्यार्थीका लागि स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गत सैद्धान्तिक विषय पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेकाहरूलाई यस्तो मौका प्रदान गरेको हो। 

    त्रिवि प्राज्ञिक परिषदको २०८० पुस २५ गते बसेको बैठकको निर्णय १०२ अनुसार २०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेस्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूले मात्र २०८१ असार मसान्त भित्रका समय दिएको जानकारी गराएको छ। त्यस्तै एम.फिल तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुले उक्त अवसर पाउनेछन्।

    बिश्वबिद्यालयले २०५८ साल पछि हालसम्म छुटेकाहरूका लागि अन्तिम अवसर भएकोले ताेकिएकाे समयमै थेसिस बुझाएर ट्रान्स्क्रिप्ट लिुनु हुन अनुराेध समेत गरेको छ।

    FB_IMG_1705543318139.jpg

    images
    बिहिवार, माघ ४ २०८००८:१०:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार