Jul 27 2026 | २०८३, श्रावण ११ गते

अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष पन्चा सिंहविरुद्ध पक्राउ पुर्जी

अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष पन्चा सिंहविरुद्ध पक्राउ पुर्जी

  • 568
    SHARES

  • अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष पन्चा सिंहविरुद्ध पक्राउ पुर्जी

    माघ, ७ गते काठमाडौँ- अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष पन्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनको अध्यक्ष पञ्चा सिंह सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    २०६५ फागुन २६ गते कालीकोटका राजबहादुर मल्लको भएको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ। पक्राउ पुर्जी जारी हुनेमा कालीकोटको महावै गाउँपालिकाकी पञ्चा सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्की रहेका छन्।

    images
    आइतवार, माघ ७ २०८००८:४१:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार