सोमवार, माघ ८ २०८०
माघ, ८ गते काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले एकै पटक ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका एक हजार ११३ पदपुर्तीका लागि आवेदन माग गरिएको हो ।
दरखास्त बुझाउने अन्तिम मिति २०८० माघ २८ गतेसम्म तोकिएको छ। बिज्ञापनको सम्बन्धी बिस्तृत विवरणका लागि आयोगको वेबसाईट spsc.bagmati.gov.np मा गएर हेर्न सकिने छ।





