मंगलवार, माघ ९ २०८०
माघ, ९ गते काठमाडौ । नर्सिङ कलेजलाई भर्ना खोल्न निर्देशन दिने प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ समितिको निर्णयमा आपत्ती जनाउदै बैद्ध निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) घेराउ गरेको छ।
आर्थिक चलखेलका आधारमा दिन खोजिएका पुराना र केही नयाँ शिक्षण संस्थाहरुको सम्बन्ध प्रक्रिया तत्काल रोक्नुपर्ने लगाएत बिबिध माग राख्दै घेराउ गरेको हो।

शिक्षा समितिको निर्देशन र सिटिइभिटी भित्रका केहि मानिसहरुको योजना स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रमहरुमा फेरि निजिलाई नै प्रोत्साहन दिएर अगाडि बढाउने कुरा सरासर गलत रहेको भन्दै सरकारी अस्पतालसङ्गको सहकार्य र स्थानीय निकायको साझेदारीमा स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्नुपर्ने अखिल क्रान्तिकारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वस्थ्य समितिले दिएको कथित निर्देशनका सम्वन्धमा समितिकै संसदहरुले आधिकारिक निर्णय नभएको र समितिका सभापती भानुभक्त जोशी पुर्व शिक्षा मन्त्री तथाउपसमिति संयोजक लगाएत केही संसदहरु र कलेज संचालक हरुको प्रलेभनमा परेर तेस्तो निर्देशन जारिगरेको लगाएतका बिषयमा सार्वजनिक रुपमा बोल्नु र ऐन बिपरित निर्देशन गर्नुले आसंका उत्पन्न भएको बिज्ञप्तिमा उल्लेख छ।
- बदनियतपुर्ण ढङ्गले आर्थिक चलखेलका आधारमा दिन खोजिएका पुराना र केही नयाँ शिक्षण संस्थाहरुको सम्बन्ध प्रक्रिया तत्काल रोकियोस् ।
- चलखेलमा संलग्न भ्रष्ट कर्मचारी र बिचौलया कलेज सन्चालकलाई कारबाही गरियोस् ।
- मधेश प्रदेशमा छात्रवृत्ति र मेरिट लिस्टको आधारमा गरिएको भर्ना प्रक्रिया लगायतमा बदमासी गर्ने मिर्चैया नर्सिङ कलेज र शुभस्वस्तिक नर्सिङ कलेज लगातका सवै शिक्षण संस्थाको सम्बन्धन खारेज गरियोस् ।
- साथै उक्त कुकार्यमा संग्लग्न परिषदका तत्कालीन प्रदेश प्रमुख अर्बेन्द्र चौधरी सहितका भ्रष्ट कर्मचारीलाई कारबाही गरियोस् । र पिडित विद्यार्थीलाई न्याय दिलाइयोस् ।
