Jul 27 2026 | २०८३, श्रावण ११ गते

लिटिल क्लाइम्बर्स स्कुलको जुनियर स्टुडेन्टस् स्पोर्ट्स मिट सम्पन्न।

लिटिल क्लाइम्बर्स स्कुलको जुनियर स्टुडेन्टस् स्पोर्ट्स मिट सम्पन्न।

  • 1.8K
    SHARES

  • लिटिल क्लाइम्बर्स स्कुलको जुनियर स्टुडेन्टस् स्पोर्ट्स मिट सम्पन्न।

    माघ, १० गते काठमाडौ । काठमाडौको ठुलोभर्‍याङमा अवस्थित लिटिल क्लाइम्बर्स इन्ङ्लिस सेकेन्डरी स्कुलले बार्षिक रुपमा गर्दै आएको जुनियर स्टुडेन्टस् स्पोर्ट्स मिस्ट - २०८० सम्पन्न भएको छ। मंगलबार स्कुल परिसरमामा एक भव्य कार्यक्रमका बिच खेलकुद लगाएत अन्य अतिरिक्त क्रियाकलापहरु गर्दै कार्यक्रम सम्पन्न भएको हो।

    FB_IMG_1706063096179.jpg

    तीन दिन सम्म संचालन भएको स्पोर्ट्स मिस्ट - २०८० समापन कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुलो लागि थुप्रै खेलहरुको आयोजना गरिएको थियो। जसको कारण अभिभावकहरु आफ्नै बालबालिकाको क्रियाकलाप र उनिहरुले सिकेको कुरा बारे उत्सुक देखिन्थे।

    FB_IMG_1706063112085.jpg

    अभिभावकहरुको सहभागिताले आफ्नो बालबालिकाहरु संगै खेल्ने र उनिहरुको कला, सिप, कौतुहलता बारे प्रतक्ष अनुभुती गर्ने साथै अभिभावकलाई जिम्मेवार बनाउन भुमिका खेल्ने स्कुलका प्राचार्य दिलिप रेग्मिले बताउनुभयो। आफ्नो बालबालिकाहरुले गर्ने क्रियाकलाप प्रती अभिभावकहरु अनविज्ञ हुदा बालबालिकाको मनोबिज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै बालबालिका संगै अभिभावकहरुलाई खेलाउदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुने उहाँको भनाइ थियो।

    FB_IMG_1706022795055.jpg

    स्पोर्ट्स मिट कार्यक्रममा स्कुलहरुमा बालमैत्री सक्रिय शिकाई सहजकर्ताको रुपमा कामगर्ने तथा शिक्षण सिकाइ सहजकर्ता उत्तम दाहलको सहभागीता रहेको थियो।

    उहाँले बालबालिकाहरुको सर्बाङ्गिण बिकास, शारीरिक, बौद्धिक सामाजिक, भावनात्मक, स्वास्थ्य सुरक्षा र संरक्षणको सुनिश्चितता र पहुँच पुर्‍याउन र बालमैत्री सिकाइ वातावरण निर्माण गर्न अभिभावक शिक्षक र बिद्यालयको प्रभावकारी भुमिका र सक्रिय सहभागिता गर्ने बिषयमा अन्तरक्रियाको आयोजना गर्दै अन्य विभिन्न कार्यक्रमको साथमा नर्सरी देखि कक्षा ३ सम्मका बालबालिकाहरुको कला, कौसल, प्रस्तुति प्रभावकारी ढंगले सम्पन्न भएको बताउनुभयो।

    FB_IMG_1706022806303.jpg

    साथै अभिभावक र विद्यार्थीहरुको सहभागितामुकल बालमैत्री खेलहरु, नृत्य, नाटक, गायनहरु उत्साहजनक ढंगले सम्पन्न भई यो कार्यक्रमले अभिभावक, शिक्षक र बिद्यालयलाई समग्र सिकाइ प्रक्रियालप बालमैत्री ढंगले अगाडि बढाउन हौसला प्रदान गरेको बताउनुभयो।

    20210415221859_IMG_1279.JPG

    स्पोर्ट्स मिट कार्यक्रममा स्कुलका प्रिन्सिपल दिलिप रेग्मी, भाइस प्रिन्सिपल कविता नेपाल, कोर्डिनेटर नबिना शाही तामाङ, लफाएत शिक्षक, अभिभावक, तथा विद्यार्थीहरुको उपस्थिति रहेको तियो। भने कार्यक्रम शिक्षक बिन्दु जिसि ले संचालन गर्नुभएको थियो।

    20210415205437_IMG_1217.JPG20210415223612_IMG_1298.JPG20210415223442_IMG_1296.JPG20210415202712_IMG_1197.JPG20210415200304_IMG_1177.JPG20210415200103_IMG_1175.JPG20210415210117_IMG_1224.JPG20210415195932_IMG_1171.JPG20210415205941_IMG_1222.JPG20210415224854_IMG_1308.JPG20210415200351_IMG_1181.JPG20210415224700_IMG_1304.JPG

     

    images
    बुधवार, माघ १० २०८००८:१६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार