Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि महाराजगन्ज चिकित्सा क्याम्पस डिन कार्यलयमा स्ववियुले गर्‍यो तालाबन्दी। (मागपत्र सहित)

त्रिवि महाराजगन्ज चिकित्सा क्याम्पस डिन कार्यलयमा स्ववियुले गर्‍यो तालाबन्दी। (मागपत्र सहित)

  • 548
    SHARES

  • त्रिवि महाराजगन्ज चिकित्सा क्याम्पस डिन कार्यलयमा स्ववियुले गर्‍यो तालाबन्दी। (मागपत्र सहित)

    माघ, १० काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसको डीन कार्यालयमा अनिश्चितनकालीन तालाबन्दि गरेका छन् । डीन कार्यालयले चार वर्षदेखि विद्यार्थीका माग सुनुवाइ नगरेको र पटक पटकका सहमति कार्यान्वयन नगरेको लगाएत विभिन्न १७ बुँदे माग अघि सार्दै स्ववियुले तालाबन्दि गरेको हो । 

    स्ववियु सभापति आनन्दकुमार सिंहका अनुसार नौ महिना अघि पनि यिनै माग लिएर आन्दोलन गरेको र त्यतिबेला १४ बुँदे सहमति भयो तर हाल सम्म पनि कार्यान्वयन नभएकोले मंगलबार देखि तालाबन्दी गर्न बाध्य भएको बताइएको छ।

    मागमा महाराजगन्ज चिकित्सा क्याम्पसमा UG र PG का विद्यार्थीका लागि उचित अनुपातका आधारमा ३०० बेड सहितको बैकल्पिक होस्टेलको ब्यबस्था हुनुपर्ने। पुस्तकालय २४ सै घण्टा खुला हुनुपर्ने, BDS मा भएको पुर्वाधार समस्याको समाधान गरिनुपर्ने लगाएत समेटेको छन।

    त्यस्तै मागमा डीन कार्यालयले एकल ढंगले संस्थानलाई चलाउन खोजेकोे, क्याम्पस प्रशासनले विद्यार्थीका सामान्य माग समेत पुरा नगरेको, होस्टेलको अवस्था सुधार नभएको लगायतका असन्तुष्टि राखिएको छ । 

    आन्दोलनमा आवासीय, इन्टर्नसीप, फार्मेसी लगायतका विद्यार्थीको साथ छ । 

    यस्तो छन मागहरु।

    Screenshot_20240124-132530_Facebook.jpgScreenshot_20240124-132543_Facebook.jpg

     

    images
    बुधवार, माघ १० २०८००१:४३:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार