बिहिवार, माघ ११ २०८०
माघ, १० गते काठमाडौ । काठमाडौ स्कुल अफ सेन्ट्रल स्टेटको स्पोर्ट्स मिट प्रारम्भ भएको छ। आज बुधबार कलेज प्राङ्गणमामा बिशेष मार्चपास सहित स्पोर्ट्स मिट- २०८० प्रारम्भ भएको हो।

खेलको उद्घाटन समारोहमा प्राचार्य मनोज थापा, श्रोत ब्यक्ति खगराज जोशी र काठमाडौ महानगरपालिका वडा १३ का वडा सदस्य रामबाबु कोइराला, एकेडेमी डाइरेक्टर टंक गैरे, स्कुल भाइस प्रिन्सिपल राजकुमार श्रेष्ठ, प्रशासन प्रमुख सिताराम नेपाल, +२ कोर्डिनेटर राजन श्रेष्ठ लगाएत शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै स्रोत ब्यक्ति खगराज जोशीले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले विद्यार्थीहरुले खेलको नियम पालाना गर्दै अनुशासित भएर खेल्न सुझाव दिनुभयो ।

त्यस्तै स्पोर्ट्स मिट २०८० उद्घाटनमा बोल्दै स्कुल तथा कलेजका प्राचार्य मनोज थापाले खेलले शारीरिक, बौद्धिक, मानशिक बिकासका साथै संस्कार सिकाउने भएकोले बिद्यालयमा खेलको महत्त्व रहेको बताउनुभयो। बिद्यालय भनेको निर्वाद रुपमा खेल्ने थलो हो, उहाँले भन्नुभयो हार जित भन्दापनी स्वास्थ्यको लागि खेलकुद अतिआवश्यक छ। साथै विद्यार्थीहरु बिच हुने प्रतिस्पर्धाले खेल अनुशासन कायम गर्छ।

उक्त कार्यक्रममा बोल्दै एकेडमी डाइरेक्टर टंक गैरेले बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि भएकोले खेलका माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक बिकास तीब्र हुने बताउनुभयो।
कार्यक्रममा भाइस प्रिन्सिपल राजकुमार श्रेष्ठ स्कुल खेलकुदको बारे जानकारी दिनुभयो। उहाँका अनुसार कोहि पनि विद्यार्थी नछुट्ने गरी ३० वटा खेलहरु खेलाइने बताउनुभयो। खेलमा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी रहने छन। भने खेल माघ १५ गतेसम्म खेलाइने छन। उद्घाटन कार्यक्रम स्कुलको सिक्षक दुर्गा सुवेधि संचालन गर्नुभयो।
भिडियोमा हेर्नुस उद्घाटन मार्च ।




