Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ बिश्वबिद्धालयमा विद्यार्थी बढे ।

काठमाडौ बिश्वबिद्धालयमा विद्यार्थी बढे ।

  • 1.3K
    SHARES

  • काठमाडौ बिश्वबिद्धालयमा विद्यार्थी बढे ।

    माघ, १२ गते धुलिखेल । काठमाडौं विश्वविद्यालय (KU) मा शैक्षिक सत्र २०२३–२४ मा भर्ना हुने विद्यार्थी बढेका छन। बिश्वबिद्यालयमा गत बर्ष (२०२२-२३) भन्दा स्नातक तहमा भर्ना हुने विद्यार्थी १५ प्रतिशतले वृद्धि भएका हुन।

    FB_IMG_1706242206516.jpg

    काठमाडौ बिश्वबिद्धालय चालु शैक्षिक सत्रमा कुल भर्ना दर ८७ प्रतिशत रहेको छ, भने शैक्षिक सत्र २०२२–२३ मा विद्यार्थी भर्ना ७२ प्रतिशत थियो भने शैक्षिक वर्ष  २०२१–२२ मा ७० प्रतिशत मात्र  थियो । विगत तीन वर्षको विद्यार्थी भर्नादर तुलनात्मक रूपमा अध्ययन गर्दा विद्यार्थी संख्या निरन्तर बढ्दै गएको बिश्वबिद्धालयको डाटाले देखाएको छ।

    विश्वविद्यालयका सातओटै विद्यालयमा यो वर्ष विद्यार्थी भर्ना दरमा वृद्धि भएको छ । जसअनुरुप शैक्षिक सत्र २०२१–२२ मा विश्वविद्यालयका विभिन्न स्कुलमा कुल विद्यार्थी ५ हजार ४८३ जना भर्ना भएका थिए । भने शैक्षिक वर्ष २०२२–२३ मा ५ हजार ८९८ जना मात्र भर्ना भएका थिए । त्यसैगरी चालु शैक्षिक सत्रमा विभिन्न विश्वविद्यालयका विभिन्न स्कुलमा ६ हजार १८६ जना विद्यार्थी भर्ना भएका छन् ।

    त्यसैगरी सन् २०२२–२३ को तुलनामा आर्ट्समा १९ प्रतिशतले विद्यार्थी भर्ना वृद्धि भएको छ, शिक्षामा ३४ प्रतिशतस, इन्जिनियरिङमा १३ प्रतिशतस, कानून ११ प्रतिशतस ,व्यवस्थापनमा ४ प्रतिशतस, चिकित्सा विज्ञान ६ प्रतिशतस, र विज्ञान, २८ प्रतिशत विद्यार्थी संख्या वृद्धि भएको डाटामा देखाइएको छ।

    विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बजारको आवश्यकता र विद्यार्थीको मागलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न विश्वविद्यालयले गरेको प्रयासको परिणाम नै विद्यार्थी संख्या बढेको बताउनुभयो।

    विश्वविद्यालयले चालु शैक्षिक सत्रमा १५ ओटा नयाँ शैक्षिक कार्यक्रम शुरु गरेको छ । यसमा क्राफ्ट र डिजाइन, योग विज्ञान र कल्याण, मनोविज्ञान, खानी इन्जिनियरिङ, बायोइन्फरमेटिक्स, र उड्डयन व्यवस्थापनमा स्नातक सुरु गरेको छ । भने स्नातकोत्तर कार्यक्रममा विकास अध्ययन–अन्तर्राष्ट्रिय, आदिवासी शिक्षा र विकास लेखन र साक्षरता अध्ययन, स्कूल परामर्श, स्वास्थ्य सूचना विज्ञान, ऊर्जा र पूर्वाधार कानून, एक्सेक्यूमा शिक्षा लगायतका नयाँ कार्यक्रम सुरु गरेको छ ।

    काठमाडौ विश्वविद्यालयमा १८,हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । विश्वविद्यालयबाट हालसम्म ४३ हजार १२३ विद्यार्थीले स्नातक गरेका छन् ।

     

    images
    शुक्रवार, माघ १२ २०८०१०:५६:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार